रविना राई र चन्द्रा कोइराला
शैक्षिक नगरी कनकाईमा यस क्षेत्रका केहि युवाको सहभागिता र लगानीमा पुन विद्यालय संचालनमा आएको छ ।
कनकाई नगरपालिका ६ चम्पापुरमा पारिजात शिक्षा निकेतन यसै शैक्षिक सत्रबाट संचालनमा आएको हो ।
स्थानीय मोहन थापा , हेमन्त दाहाल , विनोद भट्टराई र सुर्यप्रसाद पौडेलको लगानीमा यस क्षेत्रमा सुविधा सम्पन्न विद्यालय संचालनमा आएको हो । विद्यालय यस क्षेत्रमा निजि स्तरबाट संचालनमा ल्याइएको पहिलो विद्यालय हो । यस पहिले यस क्षेत्रका अभिभावकहरु ीनजि स्तरमा आफ्ना नानीहरु पढाउनका लागि ६ किलोमिटर टाढाको सुरुङ्गा बजारसम्मको दुरीमा आफ्ना नानीहरु पठाउन बाध्य थिए ।
यस विद्यालयको संचालनपछि साना कक्षामा अध्यानरत् वालवालिकालाई राहत पुगेको छ । सामुदायिक विद्यालयमा राम्रो शिक्षा नपाउदा अभिभावकहरुको रोजाई निजि विद्यालय रहदै आएको छ तर यस क्षेत्रमा एउटापनि निजि स्तरको विद्यालयसमेत नहुदा अभिभावकहरु आफ्ना नानीको शिक्षाका लागि टाडाको दुरी तय गर्दा सकसमा रहेका थिए । हाल कक्षा ३ सम्म संचालनमा रहेको यस विद्यालय क्रमश हरेक वर्षमा कक्षा वढाउदै दश जोड दुइ सम्मका कक्षाहरु संचालन गरिने विद्यालयका संचालक तथा शिक्षकसमेत रहेका मोहन थापाले बताए ।
अत्याधुनिक डिजिटल प्रविधिबाट पठनपाठन गरिने र सकेसम्म अधिकत्म सिकाइका लागि प्रविधिलाई विद्यालयले प्रयोग गर्दै आइहेको थापाले जानकारी दिनुभयो । करिव १ करोड रुपैँयको लागतमा सुरु गरिएको विद्यालयमा हाल २ सय वढी विद्यार्थीै विद्यालय संचालन भएकै वर्ष विद्यार्थी भर्ना हुनुले समेत यस क्षेत्रका अभिभावकले यस क्षेत्रमा गुणस्तरीय विद्यालयको खोजी गरिरहेको विद्यालयका संचालक हेमन्त दाहाले बताए । यस क्षेत्रमा कनकाई नगरपालिका ६ , ७ र ५ का साथै बाह्रदर्शी गाउँपालिकाका समेत विद्यार्थी अध्यानरत् रहेका छन । भने टाढाका विद्यार्थीका स्कुलसम्म आउनका लागि विद्यालय वसको व्यावस्था गरिएको छ ।
यस विद्यालयको संचालनपछि साना कक्षामा अध्यानरत् वालवालिकालाई राहत पुगेको छ । सामुदायिक विद्यालयमा राम्रो शिक्षा नपाउदा अभिभावकहरुको रोजाई निजि विद्यालय रहदै आएको छ तर यस क्षेत्रमा एउटापनि निजि स्तरको विद्यालयसमेत नहुदा अभिभावकहरु आफ्ना नानीको शिक्षाका लागि टाडाको दुरी तय गर्दा सकसमा रहेका थिए ।