Kanakai Online

शिवसताक्षी युथ क्लबद्वारा शैक्षिक सामाग्री वितरण


शनिवार, जेठ २६, २०७५ |

कनकाई अनलाईन
शिवसताक्षी ११ दूधेको शिवसताक्षी युथ क्लबले शैक्षिक सामाग्री वितरण गरेको छ ।
शिवसताक्षी दूधेको शहीद भिम नारायण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई गोर्खाली हट फेसबुक गु्रपको सहकार्यमा शैक्षिक सामाग्री वितरण गरेको हो ।
सो विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ८ सम्मका ९० जना विद्यार्थीहरुलाई कपि, पेन्सिल, इरेजर लगायतका शैक्षिक समाग्री वितरण गरेको उपाध्यक्ष नेत्र पाठकले जनाकारी दिए ।
विद्यालयमा गरिव तथा जेहन्दार विद्यार्थीहरु रहेकाले क्लबले शैक्षिक समाग्री दिएर सहयोग गरेको जनाएको छ ।
विद्यालयका प्रधानाध्पाक प्रभाकर भण्डारीले १५ देखि २५ वर्षका उमेर समूहका भाइबहिनीहरु रहेको शिवसताक्षी युथ क्लबले शिक्षाको गुणस्तर र गरिब विद्यार्थीहरुप्रति गरिएको काम सराहनीय भएको बताए । उनले उनीहरुमा यहीबेलादेखि समाज रुपान्तरणमा गर्न सामाजिक काममा अग्रसर भएकोमा धन्यवाद दिएका थिए ।
शैक्षिक सामाग्री शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए ।
यसैबीच क्लबले बुधबार शिवसताक्षीको दूधेमा एस. ई.ई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी एक दिने सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि विषय छनोटदेखि पढाई सम्वन्धी ज्ञान प्रदान गरिएको थियो । कार्यक्रममा कञ्चनजंघा एफ. एम.का कार्यक्रम निर्देशक दिपेन्द्र पौडेल, मिस नेपाल २०१४ की सुविन लिम्बु, इन्जिनियर आमुद खतिवडा, श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक गोविन्द काफ्ले लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा झापा क्षेत्र ४ (ख)का प्रदेश सभा सदस्य हिरा थापा, नेकपाका शिवसताक्षी नगर अध्यक्ष धनबहादुर थेवे, सतासीधाम जेसीजका अध्यक्ष महेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो भने २ सय विद्यार्थीहरुले सहभागी जनाएका थिए ।
 
 

सम्बन्धित खबर