कनकाई अनलाईन
झापा गाउँपालिका, जेठ २४ गते । झापा गाउँपालिका २ सडकबारीमा खेतमा काम गर्नेक्रममा चट्याङ्गले लागेर एक महिलाको ज्यान गएको छ ।
खेतमा मकै भाचिरहेकी ४६ बर्षिय तीर्था लिम्बुको बिहिवार दिउसो सवा ११ बजे चट्याङ्गले लागेर घटनास्थलमै मृत्युभएको छ । रुखको फेदमा काम गरिरहनुभएकी लिम्बुको घटना स्थलमै निधन भएको र उहाँको पार्थिक शरिरलाई पोस्ट म्याटम गर्न लैजाने तयारी गरिएको सहारा नेपाल कुमरखोद साखाका प्रमुख सागर ओझाले बताउनुभयो ।
मृत्युपछि जम्माभएका सर्वसाधरण फोटो सागर ओझाको फेसबुकबाट