रविना राई र चन्द्रा कोइराला / गाउँपालिका ।
झापा,जेठ २३।झापा गाउँपालीका ६ मा रहेको जनता उच्च माध्यमिक बिधालयमा बजेट बिनियोजन भए अनुसार काम नभएको भन्दै स्थानिय आक्रोसित बनेका छन।
गत आर्थिक बर्ष २०७४र७५ मा जिल्ला शिक्षा कार्यलय बाट ट्वाइलेट९चर्पी० निर्माणका लागि भन्दै ६ लाख रुपैया र पुस्तक ब्यबस्थापन शीर्षक मा ६ लाख ५० हजार रुपैया बिनियोजन भएको थियो।त्यस्तै झापा गाउँपालीकाको कार्यलयबाट प्रबिधिक शिक्षा र बिध्यालय घेराबाराका लागि क्रमश १५ लाख र ४ लाख रुपैया बिनियोजन भएको थियो।जिशिका र गाउँपालीका बाट गरेर कुल ३१ लाख ५० हजार रुपैया बिनियोजन भएको थियो।तर अर्को आर्थिक बर्ष लाग्दा पनि भने जति काम नहुदा स्थानिय आक्रोसित बनेका हुन।
अहिले सम्म के के भयो काम ?
कुल बिनियोजन भएको ३१ लाख ५० हजार रुपैंयामा अहिले सम्म काम करिब एक लाखको पनी नभएको स्थानिय एक ब्याक्तीले ताजा पत्रीका संग भने।ट्वाइलेट निर्माण शिर्षकमा ६ लाख बिनियोजन भएको रकममा ट्वाइलेट करिब ५० हजारको बनेको,प्राबिधिक शिक्षाका लागि एक शिक्षक नियुक्त गर्दा २५ हजार र घेराबारा र पुस्तक ब्यबस्थापनका लागि अहिले सम्म कुनै काम नभएको दाबी उनको छ।
हामीले निर्माण पक्षका एक प्रतिनिधि शिक्षकलाई फोन गरेर सोध्दा प्रध्यापक तारानाथ रिजाल र बिद्यालय ब्यबस्थापन समीतीका अध्यक्ष हेम बहादुर कार्कीले निर्माण समीती खारेज गरेर सम्पुर्ण कामको जिम्वेवारी लिएको बताए।हामी चुस्तता र परिपक्क काम गर्दै थियौ,प्रध्यापकलाई त्यो मन परेन।गत भदौमै निर्माण समिती खारेज गरेर आफै एक्लौटी निर्माण गर्दै गरेको बताए।प्रध्यापकले मनोमानी ढङगले काम गर्दै गरेको आरोप लागाए।
जनप्रतिनिधी के भन्छन……..
हामीले झापा गाउँपालीका(६ का वडाध्यक्ष हरि बहादुर बानीयाँलाई ३१ लाख ५० हजारको कुल बजेटमा काम एक लाखको पनि भएको छैन त रुभनेर फोन सम्पर्गमा प्रश्न गर्दा प्रबिधिक शिक्षा र घेराबाराको काम भइ सकेपछी मात्र गाउँपालीकाले बजेट निकासा गर्ने बताए।कामको सुस्तता स्विकार्दै जनप्रतिनिधी स्तर बाट आफुहरुले अनुगमन गरिरहेको बताए।
प्राध्यापक के भन्छन …….
जनता उच्च मावीका प्रध्यापक तारानाथ रिजाललाई यस बिषयमा ताजा पत्रीकाले फोन सम्पर्ग गरि सोध्दा जिशीकाले दिएको ३ लाख मात्र निकासा नभएको अरु पैसा निकासा भएर काम हुँदै गरेको भन्दै पुस्तक ब्यबस्थापन शिर्षकमा आएको ६।५ लाखको बजेट नचलाएको बताए।कक्षा ११ को नयाँ पाठ्यपुस्तक परिवर्तन भएकाले उक्त पाठयक्रम किन्न पैसा बचत राखिएको बताए।ब्यबस्थापन समीती संग यस बिषयमा आबश्यक छलफल गरि यस कार्य पनि चाडै गर्ने बताए।अरु बिषय ट्वाइलेट निर्माण,घेराबारा र प्राबिधीक शिक्षाको काम हुँदै गरेको बताए।प्रबिधिक शिक्षाका लागि केही दिन अघि लगभग ३४ हजार मासिक तलब दिने गरि निजी स्रोत बाट एक शिक्षक नियुक्त गरेको बताए।
तस्वीर …. घेराबाराका लागि विनियोजित रकम कामको सिन्को भाचिएको छैन । तस्वीर सुमन कनकाई अनलाईन