सुर्य खवास, युएई
युएईमा बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ूऐश्वर्यूको च्यारिटी शो हुने भएको छ । गैर आवासिय नेपाली संघ युएईको आयोजना तथा डिस्कभरी रोयल स्पोर्टस युएईको प्रविधिक सहयोगमा नेपालमा संचालित निस्शुल्क प्राथमिक उपचार तालिमको सहयोगार्थ उक्त च्यारिटी शो हुन लागेको हो । कार्यक्रमलाइ सफल पार्न नेपाली सिने जगतका चार कलाकारहरु नायक रमेश उप्रेती, नायिका सन्चिता लुइँटेल, कलाकार सन्दीप क्षेत्री र निर्मल शर्मा युएई आउने निश्चित भएको एनआरएनए युएईका केन्द्रीय सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्सका संचालक ओम उप्रेती जानकारी दिए ।
नेपालमा संचालन हुने निस्शुल्क प्राथमिक उपचार तालिम कार्यक्रमको आवश्यक आर्थिक ब्ययभारलाई मध्यनजर गरि आर्थिक सहयता जुटाउने उद्देश्यले युएईमा नजिकिदै गरेको मुस्लिम समुदायको चाड इदको पहिलो दिन दुबईमा र दोस्रो दिन अबुधाबिमा नेपालका ख्याती प्राप्त सिने कालाकारका साथमा युएईमा कृयाशिल नेपाली कलाकारहरुको सहभागितामा बृहत सांस्कृतिक कार्यक्रम एबं नेपाली चलचित्र ूऐश्वर्यू को च्यारिटी शो हुने छ ।
आगामी १५ जूनमा दुबईको अलकुज स्थित डलस्को हल र काल्टन टावर होटेलमा तथा १६ जूनमा अबुधाबीको फोक्लर हल थियटरमा हुने उक्त च्यारिटि शो युएईका सबै इमिरेट्समा गर्ने तयारी तिव्र रूपमा भएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।
उक्त बृहत सांस्कृती कार्यक्रम एवं च्यारिटि शोमा सहभागी भै भरपुर मनोरन्जन लिई कार्यक्रमलाई सफल पार्न युएईमा श्रमरत सम्पुर्ण नेपालिहरुलाई आयोजकले आग्रह गरेको छ ।
पहिलो चरणमा नेपालका चितवन, धादिंग, तनहुँ, कास्की, दोलखा, सिन्धुपालचोक र काभ्रेपलाँचोक जिल्लाका १ हजार जनालाई निस्शुल्क प्राथमिक उपचार तालिम प्रदान गरि सकिएको छ भने दोश्रो चरण अन्तर्गत आगामी असोज महिनामा स्याङ्जा, पाल्पा, गुल्मी, रुपन्देही, धनकुटा, सुनसरी, मोरङ र झापा जिल्लामा तालिम आयोजना हुने जानकारी आयोजकले दिएको छ ।