Kanakai Online

झापामा झापा गो ग्रिन शुरु


मङ्गलवार, जेठ २२, २०७५ |

कनकाई अनलाईन
कनकाई । झापा जिल्लामा झापा गो ग्रिन नामक एक नयाँ संस्थाको स्थापना भएको छ ।
२०७४ सालको स्थानिय सरकार पश्चात बढ्दो शहरीकरणले बाटा विस्तारका कार्यहरु बढाइरहेको बखतमा भएका बाटोघाटो तथा वातावरण संरक्षणको लागि यस संस्थाको स्थापना भएको हो ।
लीयो क्ल अफ कनकाई सुरुङ्गाको पहल तथा अभियानमा मार्गदर्शन नेपाल कनकाई–३, लीयो क्लब अफ कनकाई सुरुङ्गा र लीयो क्ल अफ भद्रपुर गरी ३ वटै संस्थाहरुको संयुक्त आयोजनामा झापा गो ग्रिन नामक परियोजनाको सुरुवात गरिएको छ ।
४५ औ विश्व वातावरण दिवसको अवसरमा जिल्ला वन कार्यालय झापाको आयोजित वृक्षरोपण कार्यक्रमवाट प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको हातवाट विरुवा रोपेर यस परियोजनाको उद्घाटन गरिएको थियो ।
जिल्ला वन व्यवस्थापनका अध्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला वन अधिकृत बोधराज सुवेदी, लीयो क्लब अफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट पङ्कज ख्डका लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा झापा गो ग्रिन परियोजनाको संयोजक केवल कटुवालले यसको उद्देश्य प्रस्तुत गरेका थिए । झापाका सम्पूर्ण स्थानिकाय अन्तरगत हरेका क्षेत्रमा वृक्षरोपण गर्दै जाने र त्यसको संरक्षण र सम्वर्धनका लागि स्थानिय संघसंस्था तथा क्लबहरु सँग समन्वय गर्दै झापालाई हरियाली तथा स्वच्छ वातावरणमय वनाउने मुख्य उद्देश्य रहेको परियोजनाका सचिव परियोजनाको सचिव गिवसन ढकालले बताए ।

सम्बन्धित खबर