रविना राई र चन्द्रा कोइराला
चुडाल वन्धु कल्याण केन्द्रिय समिति झापाले आफ्नो दशौं वार्षिक साधारण सभाको अवसर पारेर शनिवार सुरुङ्गामा संचारकर्मी रामप्रसाद निरौलालाई नगद सहित विशेष सम्मान गरेको छ ।
विगत एक दशकदेखी संचारक्षेत्रमा निरन्तर क्रियाशिल झापा कनकाई नगर ७ निवासी कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका निरौलाले जनसंसद दैनिक र कञ्चनजंघा एफ एम जस्ता झापाका महत्वपूर्ण संचार माध्यमवाट सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नगद ७ हजार एकसय सहित सम्मान पत्रका साथ सम्मान गरीएको हो ।
“बन्धु एकता,पुर्खाहरुको सम्मान र सामाजिक परोकार नै हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मासाथ गर्दै २०५५ सालमा जिल्ला प्रशासन कार्यालय झापामा संस्था दर्ता गरी सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएको यस संस्थाले साधारण सभाको अवसरमा अन्य केही व्यक्तित्वहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा गत वर्ष प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउँने चुडालवन्धुका छोराछोरी मध्ये दमक नगरपालिका ९ निवासी रोजेश चुडाललाई काठमाण्डौ क्षेत्रिय समितिवाट प्रोत्साहन स्वरुप नगद रु.५ हजार र भद्रपुर नगरपालिका १० निवासी वर्षा चुडाललाई स्व.भक्तमाया चुडालको स्मृतिमा छोरी शान्ता चुडाल खरेलले प्रोत्साहन स्वरुप व्यवस्थापन गरेको नगद रु.४ हजार सहित सम्मान पत्रले सम्मान गरीएको हो । त्यस्तै उत्कृष्ट छोरीका रुपमा शिवसतासी ४ कि रुकमिनी चुडाल दहाल र असल वुहारीका रुपमा शिवसतासी ४ कि चन्द्रकला शिवाकोटी चुडाललाई स्व. हिमादेवी चुडाल अक्षयकोषको व्याजवाट जनही नगद ७ हजार एकसयका साथ सम्मान पत्रले सम्मान गरीएको छ ।
त्यस्तै चुडालवन्धु समाजमा योगदान गर्ने संस्थाका निवर्तमान अध्यक्ष वेनुप्रसाद चुडाल, निवर्तमान कोषाध्यक्ष रविन्द्रनाथ चुडाल, स्थानिय तह रतुवा माइ उपाध्यक्ष दमयन्ता चुडाल, हल्दीवारी वडा नं. ४ का वडा अध्यक्ष होमप्रसाद चुडाल, कनकाई नगरपालिका ९ महिला सदस्य शान्ता चुडाल, आयरलेण्डमा निर्वाचित विकास चुडाल, पूर्व राष्ट्रिय खेलाडी भिष्मप्रसाद चुडाल, अक्षयकोषदाता जगमाया चुडाल लगायतलाई सम्मानपत्रले सम्मान गरीएको वताइएको छ ।
चुडाल वन्धु कल्याण केन्द्रिय समितिका अध्यक्ष गोपालप्रसाद चुडालको अध्यक्षता एवम् जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासचिव विष्णुप्रसाद चुडालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चुडालवन्धुको आमावुवाकोषका संयोजक प्रकाश चुडालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा भिष्मकुमार चुडाल, रेखा चुडाल अधिकारी, कृष्ण चुडाल, रुद्रप्रसाद चिमरीया, हरिभक्त सिटौला, जनार्दन उप्रेती, चिरञ्जीवी उप्रेती लगायतले मन्तव्य राख्दै चुडाल वन्धुहरुको एकता र सामाजिक क्षेत्रमा भएको योगदानको प्रशंसा गरेका थिए । संस्थाकी उपाध्यक्ष मनिता चुडालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव भरत चुडालले गरेका थिए ।
Trending
- कनकाईमा दललाई पाचौ झड्का सामुदायिक वनमा स्वतन्त्रका परशुराम बिजयी
- जामुनबारी बनको निर्वाचन, कुल ८ सय ५१ मतदातामा ८ सय ९मत खस्यो
- लियो क्लव कनकाईले मिनि म्याराथुन गर्दै
- झापामा दुबै दारा काटिएको मृत हात्ती फेला
- लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल
- लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा
- बिर्तामोडमा नक्कली सुन बेच्ने भारतीय पक्राउ
- वनका अध्यक्ष बाहेक सबै पदमा काम गरिसकेका बुद्धिमान