Kanakai Online

झापा सुरुङ्गा भन्दै आए बोकेदाह्री


सोमवार, चैत १२, २०७४ |

कनकाई अनलाईन
पुर्वका सम्रात भनेर कार्यक्रममा चिनिने गायक श्रीकृष्ण लुइटेल बोकेदाह्री र अर्का गायक दिपेश प्रसाइ हाल अहिले झापा सुरुङ्गा वोलको गितले निक्कै चर्चामा रहनुभएको छ ।
देशमै बन्द निषेधित नगरिको रुपमा चिनिने यस शहरको नामबाट गाइएको गितको भीडियो अहिले युटुभमा भाइरल भएको छ । नेपाली र मौथिली दुवै भाषामा गाइएको यस गितको भीडियोमा समेत गायक बोके दाह्री , दिपेश प्रसाइलको साथमा आरती ओझा र अस्मिता ल्वागुनले अभिनय गर्नुभएको छ । बोकेदाह्रीको यस अघि समेत ए बाबु किन्देउ त भटभटे , साली कमला जस्ता गितहरु चर्चित बनिसकेका छन । भने केहि महिना पहिले समेत उहाँको रावण आए बुलेटमा र बाख्रा स्टाइल गितले समेत ज्यादै चर्चा पाएको थियो । तर यस गितको भिडियोमा भने दाइजो लिने प्रथा र यसले समाजमा पारेको प्रभाववारे चेतनामुलक शन्देश दिन खोजिएको छ । गितको भीडियो समेत सुरुङ्गा क्षेत्रका पर्यटकिय क्षेत्रहरु हयाप्पी फर्क पार्क , सुरुङ्गा चोक लगायातमा गरिएको छ । भने सुरुङ्गाको सेकुवा मिठो भन्दै यस क्षेत्रका उत्पादनहरुसमेतले गितमा स्थान पाएका छन ।
गितको विच विचमा दाइजो विरोधी शन्देशमुलक वार्ताले शन्देश प्रवाह गरिएको यस भीडियो सार्वजनिक भएपछि मुस्लिम समुदायका युवाले फिल्म बनाउन आग्रह गरिसकेको प्रसाइले बताउनुभयो ।
 
 

सम्बन्धित खबर