Kanakai Online

झापामा १६ हजार एसइइ परिक्षार्थी


शुक्रवार, चैत ९, २०७४ |

रविना राई र चन्द्रा कोइराला 
झापा  । बिहिवार देखि सुरु भएको  यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसइइ मा झापाका १५ हजार ८ सय ९ जना विद्यार्थी सहभागी हुने भएका छन् । १५ वटा स्थानीय तह रहेको झापामा ८ हजार ३ सय ४३ छात्रा तथा ७ हजार ४ सय ६९ छात्रले प्रदेश स्तरीय सञ्चालनमा आएको पहिलो परीक्षा कक्षा १० को वार्षिक परीक्षामा सहभागिता जनाउने भएका हुन् । जसमध्ये नियमित तर्फ १४ हजार ९ सय ९५ परीक्षार्थी मध्ये ७ हजार ७ सय ९४ छात्रा, ७ हजार २ सय १ छात्र छन् भने एक्जाम्टेड तर्फ ५ सय ४७ छात्रा तथा २ सय ६७ छात्र गरी ८ सय १४ जनाले सहभागिता जनाउने छन् ।
यसै गरी फरक क्षमताका विद्यार्थीहरुमा दृष्टिविहिन ३ जना सुस्त श्रवण क्षमता कमजोर भएका ७ जनाले परीक्षा दिने छन् भने खुला विद्यालयमा १ सय २३, प्राविधिक धारका २ सय ५५ जना रहेका छन् । प्राविधिक धारका परीक्षार्थीले १० दिन परीषा दिने छन् भने अन्यले ८ दिन दिने उपजिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिनुभयो  । भण्डारीका अनुसार झापा जिल्लामा परीषाको सम्पूर्ण तयारी पूरा भइ सकेको छ । जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिइएको जानकारी अनुसार प्रादेशिक संरचनाले पूर्णता पाइनसकेकोले यस वर्ष जिल्ला शिक्षा कार्यलयले परीक्षाको समन्वय गरेको छ  । ५४ वटा परीक्षा केन्द्र रहेको झापामा ५ जना महिला र ४९ जना पुरुष सहित ५४ जना केन्द्राध्यक्ष, ७४ जना सहायक केन्द्राध्यक्ष, ६ सय ७५ निरीक्षक, ३ सय ५५ सहायक कर्मचारी र ८ सय १० जना सुरक्षाकर्मी गरी १ हजार ९ सय ६८ जना कर्मचारी खटिएका छन् ।
यस परीक्षामा १ सय १२ वटा सामुदायिक विद्यालय र २ सय १४ वटा संस्थागत गरी ३ सय २६ वटा विद्यालयका विद्यार्थीले परीक्षामा भाग लिने जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वरालले जानकारी दिनुभयो  । प्रशिक्षार्थी पत्रकार कनकाई क्याम्पस विर्तामोड 

सम्बन्धित खबर