Kanakai Online

कनकाई वनमा आगलागि नियन्त्रण तालिम


मङ्गलवार, चैत ६, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , चैत्र ६ गते । हावाहुरीसगै बनमा डढेलोले सताउन थालेपछि यहाँस्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारी र उपभोक्तालाई साताव्यापी डढेलो नियन्त्रणको तालिम दिइएको छ ।
जिल्ला वन कार्यालय , रेडक्रस लगायातका दक्ष प्रशिक्षकहरुद्धारा सो वनमा यस प्रकारको तालिम प्रदान गरिएको हो । यस पहिले आगो नियन्त्रण गर्न नजान्दा कतिपय मानिसको ज्यानै समेत गएकोले सप्ताहव्यापी डढेलो नियन्त्रण तथा चेतनामुलक कार्याक्रमको आयोजना गरिएको जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताउनुभयो ।
झापामा अन्य वनको तुलनामा कनकाई सामुदायिक वनमा वढी सुकेका सिसौका रुखहरु रहेका कारणसमेत यस वनमा वर्षेनी आगलागिका घटना हुदै आएको छ । मंगलवार गरिएको वनभित्र आगालागिको नियन्त्रणको अभ्यासमा कनकाई नगरपालिका भित्रका अन्य २१ संघ संस्थाको समेत सहभागिता रहेको थियो । पहिले वनमा आगलागि हुनै नदिने र आगलागि भएमा क्षति हुन नदिनका लागि समेत यस कार्यक्रमको आयोजना गरिएको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले बताउनुभयो ।
३ वर्ष पहिले यस सामुदायिक वनभित्र आगलागिमा परि एक महिलाले ज्यान गुमाउनुपरेको थियो । चेतनामुलक कार्यक्रममा वौल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले वनको प्रमुख सत्रु डढेलो रहेकाले यसलाइ रोक्न सवैको दायित्व बरावरी हुने बताउनुभयो । कार्यक्रम वनकी सचिव मान्ता खरेलको संचालन उपाध्यक्ष ललितबहादुर कार्कीको स्वागत गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि कोषाध्यक्ष प्रकाश थापाले प्रकाश पार्नुभयो । कार्यक्रममा सुरुड्गा जेसिजका अध्यक्ष भीम भट्टराई , महिला नेतृ कविता बस्नेत लगायातले बोल्नुभएको थियो ।
तस्वीर वनमा आगो नियन्त्रण गर्न सिकाउदै कनकाई नगरप्रमुख पोखरेल , जिल्ला वन प्रमुख बोधराज सुवेदी लगायात

सम्बन्धित खबर