लीलाराज झापाली
हिजो काठमाण्डौँमा भएको जहाज दुर्घटनामा परि झापा कनकाई नगरपालिका ३ सुरुङ्गाकि शिला बजगाँईको समेत दुखद निधन भएको छ ।
बजगाई कतारबाट रोजगारी पछि फिनिसमा बंगलादेश हुदै नेपाल काठमाण्डौ आउनेक्रममा हिजो दिउसो काठमाण्डौमा उनी सवार बिमान दुर्घटनामा परि उनी सहित ४९ यात्रुको निधन भएको हो । करिव ५२ वर्षिय शिला केहि वर्षसम्म लेवलानमा रोजगारी गरि ८ वर्षदेखि कतारमा काम गर्दै आउनुभएको उहाका छिमेकी तथा आफन्त रोशन बजगाईले जानकारी दिनुभयो । अघिल्लो सालको साउन महिनामा छुट्टीमा घर आउनुभएकी बजगाँई यस वर्षभने घरमै बस्नका लागि भनेर फिनिस भिषामा आउनुभएको थियो । बजगाईले आफु नेपाल दिउसो ३ बजे आउने भनी लिन आफ्नी जेठी छोरी दिक्षा र ज्वाईलाई कतारबाटै फोन गर्नुभएको थियो तर जव एयरपोर्टमा लिन छोरी ज्वाई पुग्नुभयो त्यसवेला एम्बुलेन्सले मान्छे ओसारिरहेको थियो , त्रिभुवन विमानस्थल पुरै कालो धुवाले छोपिएको थियो पछि थाहा भयो जहाजभित्र आमा पनि पर्नुभएछ । कतारमा रहदा प्लेनको टिकट खिचेर इमो गर्नुभएको थियो ।
फोनमा गफ पनि भएको थियो यहिनै रहेछ आमासगको अन्तिम भेट छोरी दिक्षासगको भनाइलाई उद्धत गर्दै आफन्त रोशन बजगाईले भन्नुभयो । अहिले घरमा शिलाका श्रीमान धु्रब बजगाई मात्रै रहनुभएको छ । बजगाईकी २ छोरीमध्ये जेठीको सिन्धुलीमा विवाह भएको छ भने कान्छि छोरी रक्षा एकवर्ष पहिलेमात्रै अध्यानका लागि अमेरिका जानुभएको छ । शिलाको शव पुरै जलेर नचिन्निने भएकोले शवको डिएनए गरेर मात्रै झापा ल्याइने भएकोले शव आउन अझै केहिदिन लाग्ने त्यहास्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले जनाएको छ । हाल वजगाईका सम्पुर्ण कागजात काठमाण्डौ पठाइसकिएको छ । शीलाको मृत्युपछि उहाँको सिङ्गो गाउ सुरुङ्गा सरस्वती टोल शोकमा डुबेको छ । शिला दिदि लामो समय खाडीमा बस्नु भो अव सधैका लागि नेपालमै परिवारसगै बसौँ भनेर आउनुभएको थियो तर यो समय कहिल्यै आएन स्थानीयवाशी नविन सिटौलाल्े भन्नुभयो ।