कनकाई अनलाईन
काँकरभिट्टा÷ सर्वाधिक पुरस्कार राशीको नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण अन्र्तगत आइतबार दोस्रो दिनको खेलमा विर्तामोड भेट्रान फुटबल क्लव र राइनो डुवर्स भेट्रान फुटबल क्लव विजयी भएका छन् ।
आइतबार भएको पहिलो खेलमा सिबिसि भेट्रान फुटबल क्लव चन्द्रगढीलाई ५–१ गोल अन्तरले हराउँदै विर्तामोड भेट्रान फुटबल क्लव विजयी भएको हो ।
सिबिसि विरुद्ध खेलको पहिलो हाफको दोस्रो मिनेटमा विर्तामोडका देवमान लिम्बुले पहिलो गोल गरेका थिए । जवाफमा पहिलो हाफको १४ औं मिनेटमा विर्तामोड विरुद्ध सिबिसिका अर्जुन राईले पहिलो गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । त्यसपछि दोस्रो हाफको १४ औं मिनेटमा विर्तामोडका सुवास सुब्बाले १ गोल, २२ औं मिनेटमा विर्तामोडकै केशवराज दाहालले १ गोल र २४ औं मिनेटमा विर्तामोडकै सुवास सुब्बाले थप अर्को गोल गरेका थिए ।
आइतबार नै भएको दोस्रो खेलमा एभरेष्ट भेट्रान फुटबल क्लव मोरङलाई ० का विरुद्ध १ गोलले राइनो डुवर्स भेट्रान फुटबल क्लव भारत विजयी भएको हो ।
खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन् भने दोस्रो हाफको २५ औं मिनेटमा राइनोका दिव्य ज्योति मुखर्जीले निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए ।
पहिलो खेलको म्यान अफ दी म्याच घोषित विर्तामोडका सुवास सुब्बा र दोस्रो खेलको म्यान अफ दी म्याच घोषित राइनोका दिव्य ज्योति मुखर्जीलाई पुरस्कार स्वरुप जनही २१ सय रुपैयाँसहित ट्रफि प्रदान गरिएको थियो ।
२९ गते मङ्गलबारको पहिलो खेल पुर्वाञ्चल भेट्रान फुटबल क्लव पुर्वाञ्चल र बिन्ध्यावासिनि भेट्रान फुटबल क्लव विराटनगर तथा दोस्रो खेल धाइजन–चारआली भेट्रान फुटबल क्लव र दागापुर मनिङ भेट्रान फुटबल क्लव सिलिगुडी भारतबीच हुने आयोजकले जनाएको छ ।