लीलाराज झापाली
परिवर्तन गर्नका लागि सुरुवात आफैबाट गर्नुपर्छ भन्ने कुराको उदाहरण झापाकी प्रतिनिनिसभा सदस्य तथा पुर्वस्वास्थ्यराज्य मन्त्री धर्मशीला चापागाईले चरितार्थ पारिदिनुभएको छ ।
नेपाली समाजको नियम अनुसार हाल उहाँ आफ्नो निजिनिवास अर्जुनधारा सिस्नेमा आफ्ना मृतक बुबाको किरियामा वसेको हुनुपर्ने हो । चापागाँइको पिता डिल्लीरामको गत फागुन २० गते निधन भएको हो । तर धर्मशीला आफ्ना पिताको निधन भएको छैटौ दिननै घरबाट निस्किनुभयो । उहाँ संसद बैठक र राष्ट्रपतिको निर्वाचनमा भाग लिन काठमाण्डौ आउनुभएको हो । धर्मशीलाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रतिको निर्वाचनमा समेत विद्यादेवि भण्डारी सुविधाजनक बहुमतमा रहनु भएको थियो । जसकारण उहाँ संसदमा नजादा पनि हुने थियो तरपनि उहाँले छैटौ दिननै काठमाण्डौ जानुभयो । सामान्यतय किरियामा बसेका किरियापुत्रीलाई कसैले छुनु नहुने प्रचलन छ तर घरमा रहदा समेत आउने इष्ट्रमित्रलाई धर्मशीला स्वयमले पानी , फलफुल र चिया वाढ्ने गर्नुभयो । सुरुमा त आउने पाहुना र इष्ट्रमित्रले उहाँलाई छोइएलाकि भनेर टाढै बसे तर धर्मशीला आफ्फै हात मिलाउन जादाभने सबै तिनछक्क परेको स्थानीय वासी वताउनुहुन्छ । धर्मशीला काठमाण्डौ गएपनि हाल उहाको घरमा आमा गंगामाया सहित भाई विष्णु घरमा कोरामा किरिया वारेर बसिरहनुभएको छ ।
तर आमाले सेतो लुगा लगाउनका साटो अरुनै रङ्गको सामान्य कपडा चप्पल नै लगाएर बस्नुभएको छ । किरियामा बसेको मानिसलाई छुनु हुदैन भन्ने मान्यता रहेको छ तर गंगामायाले आफ्फै इष्टमित्रको स्वागत र समवेदना र मानोचामल , जिम्मा लिने गर्नुभएको छ भने समाजमा तल्लो जातका मानिससग समेत बोल्न नहुने प्रचलन रहेकोमा सवैले सवैजनासग गफ गर्दै आउनुभएको छ । आफुले भाइलाई समेत हापेन्ट लगाइदिनखोजे पनि गाउलेले केहि असजिलो मानेपछि भाइलाई भने किरियापुत्रीकै पहिरनमा राखेको धर्मशीलाले बताउनुभयो । परिवर्तनमा नाममा आफ्नो भएको सस्कृतिलाई नै मास्नुपनि हुदैन तर जतिवेला आफन्तको साथ चाहिन्छ , दुःखका वेला सहयोग चाहिन्छ त्यसवेलाचाहि १३ दिनसम्म कोहिसग बोल्नै नहुने छुनै नहुने ढोङ्गी परम्परा हामीले विस्तारै हटाउनुपर्छ चापागाइले भन्नुभयो ।