Kanakai Online

विर्तामोडका सुन व्यावसायी मुखियाको हत्या गरेर बोरामा शव


मङ्गलवार, फागुन २९, २०७४ |

कनकाई अनलाईन
सुनचाँदी व्यवसायी संघ झापाका सदस्य साजन मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । उनी फागुन २० गतेदेखि बेपत्ता थिए ।मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा सोमवार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भेटिएको हो । विर्तामोड प्रहरीले पनि घटनाको पुष्टि गरेको छ । मेची राजमार्गको लसुने– अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल जुटको बोरामा हालेर फालिएको अवस्थामा उनको शव फेला परेको हो ।
पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा शव भेटिएको रोङ गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला राईले जानकारी दिनुभयो । बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसलका सञ्चालक मुृखिया फागुन २० गते श्रीमती रवीनालाई बजार जाने भन्दै घरबाट बाहिरिएका थिए । मुखियाको शव प्रकृति मुचुल्का पछि पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याइएको छ ।
 

सम्बन्धित खबर