Kanakai Online

आर्मीसग पहिलो गोल्डकपमा हारको वदला लिने झापाको तयारी


आइतवार, फागुन २७, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , फागुन २७ गते । पुर्वकै चर्चित तथा स्थापित रमपम झापा गोल्डकपको सोमवार हुने फाइनल उपाधि आफ्नो पक्षमा पार्ने दावी आयोजक रमपम झापा ११ र विभागिय टिम त्रिभुवन आर्मीले गरेका छन ।
आइतवार डोमालाल राजवंशी रंगशालामा भएको प्रि प्रेस कन्फरेन्समा बोल्दै झापा ११ का टिम क्याप्टेन योगेश गुरुङ्ग र आर्मीका टिम क्याप्टेन भरत खबासले तेस्रो झापा गोल्डकपको उपाधि आफ्नो पक्षमा पार्ने दावी गर्नुभयो ।
झापा ११ झापा गोल्डकपको तीनवटै संस्करणमा फाइनलमा पुगेपनि फाइनलमा पराजित हुदै आएको छ । पहिलो संस्करणमा झापाले आर्मीलाई १—० ले नतिजा सुम्पेको थियो यसको वदला तेस्रो संकरणमा लिएरै छाड्ने दावी झापा ११ का टिम कोच तथा त्यसवेलाका झापा ११ का टिम क्याटेन समेत रहनुभएका प्रवेश कटुवालले वताउनुभयो । आर्मीका खेलाडीहरुले वढी फिजिकल गेम खेल्ने हो हामी टेक्निकल ग्याम खेलेर आर्मीसग अघिल्लो संकरणमा हारेको वदला लिने रणनितिमा छौ , झापा हाम्रो होम ग्राउण्ड र दर्शकको साथ समेत हुने भएकोले यसले खेलाडीलाई खेल जित्नमा मद्धत पुग्छ झापा ११ का टिम क्याप्टेन योगेशले भन्नुभयो । यता आर्मीका टिमकोच चुनबहादुर थापाले आर्मी झापा गोल्डकप जितेर यस सिजनको सर्वाधिक ७ औ गोल्डकपको उपाधि रक्ष ागर्ने उद्धेश्यका साथ झापा आएको बताउनुभयो । यस सिजनमा झापामा मात्रै काँकडभिट्टा , झिलझिलेको गोल्डकपको उपाधि जितिसकेकोले झापामै यसै सिजनमा गोल्डकपमा ह्रयाट्रिक गर्ने र देशका अन्य बीरगंन्ज , धनगढी , सिमरा र हेटैडा गोल्डकपको उपाधि रक्षा गरीसकेर ७ औ उपाधिका लागि आफुहरु तयारी अवस्थामा रहेको थापाले वताउनुभयो । यता आर्मीका टिम क्याप्टेन भरत खवासले समेत झापाली टिमका लागि होम ग्राउण्ड र दर्शकका हुटिङ्गका कारण आफुहरु सम्मालिएर खेल्ने बताउनुभयो ।
९० मिनेट पछि आयोजकले निर्णय सोझै ट्राईब्रेकरमा गरिदिदा राम्रो खेल पस्किएर पनि हार्नुपर्ने अवस्था आएको प्रति भने भरतले गुनासो गर्नुभयो । आयोजक समितिका संयोजक महेन्द्रकुमार गिरीले झापा गोल्डकपको फाइनल खेलमा कम्तीमा ८ हजार दर्शकले अवलोकन गर्ने र त्यसको तयारी पुरा गरिसकेको जानकारी दिनुभयो । प्रतियोगिताकोे विजयी हुने टिमले नगद १२ लाख ५१ ह्जार तथा उपविजयी हुने टिमले ६ लाख रुपैँया पाउने छ भने उत्कृष्ट हुने एकजना खेलाडीले यामाहाको एफजेट मोटरसाइकल पाउने छ । यस अघिको पहिलो संकरण त्रिभुवन आर्मी र दोस्रो संकरणको उपाधि मनाङले जितेको थियो ।
तस्वीर ः फाइनल अघि ट्रफिको साथ नेपाल आर्मी र झापा ११ का टिम क्याप्टेन र टिम कोच 

सम्बन्धित खबर