Kanakai Online

कनकाई बन्यो देशकै पहिलो विजुली चोरमुक्त नगर


शनिवार, फागुन २६, २०७४ |

कनकाई अनलाईन
। झापाको कनकाई नगरपालिका नेपालकै पहिलो विद्युत चुहावट मुक्त नगरपालिका घोषणा भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले शनिवार कनकाई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गर्नुभएको हो । उहाँले यो घोषणा सगै देशले अव कहिल्यै लोडसेडिङको तालिका नपाउने र अवको केहि महिनादेखि विद्युत प्राधिकरणले जनतालाई वढी विद्युत खपत गर्नका लागि सार्वजनिक सुचनानै जारी गर्ने समेत बताउनुभयो ।
लोडसेडिङको कुरा भन्दापनि अवका दिनममा उत्पादन भएको विजुली कसरी खपत गर्ने भन्नेवारेमा सवैले सोच्ने वेला आएको समेत घिसिङले बताउनुभयो ।अवका केहि महिनापछीनै पुर्वको कावेली करिडोरको १०० मेघावाट विजुली उत्पादन भएर आउने तयारीमा रहेको र सो सवै विद्युत पुर्वाञ्चल क्षेत्रमै खपतहुने हुदा त्यस विजुलीको उत्पादन प्रशारण लाइनमा जोड्नसाथ पुर्व क्षेत्रलाई हालको मागअनुसार सम्पुर्ण रुपमा विजुली पुग्ने उहाले बताउनुभयो । अवको डेढ वर्षभित्र नेपाल विद्युत प्राधिकरणले सम्पुर्ण विद्युत आयात गर्न छाडेर आर्फै आत्मनिर्भर हुनेगरी प्राधिकरण र सरकार मिलेर काम गरिरहेको समेत जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरण आफु नेतृत्वमा आउदा १२ अर्ब रुर्पैया घाटामा रहेको तर आफुले ९ महिनाभित्रै विद्युत प्राधिकरणलाई नाफामा लैजान सफल भएको समेत बताउनुभयो ।
यो सबै विद्युत चुहावट नियन्त्रण गरेरमात्रै संम्भव भएको उहाको भनाइ थियो । घिसिङले अवका दिनमा मिटर , ट्रान्सफर्मर कारण विद्युतका लोड पुगेन भन्ने गुनासो अवका दिनमा जनताले भन्न नपाउने समेत बताउनुभयो । उहाँले अवका केहि दिनमा १५ हजार ट्रान्र्सफर्मर नेपाल भित्रने तयारीमा रहेको तर देशभरमा २४ हजारजतिमात्रै ट्रान्र्सफर्मर जडान भएकोले अवका दिनको यस समस्या जटिल रुपमा नआउने समेत बताउनुभयो । मिटरजस्तै आवश्यकता अनुसारको ट्रान्सफर्मर समेत दिने बताउनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगर देशकै पहिलो बन्दनिषेधितका साथै यसअघिनै नगरलाई , पुर्ण खोपयुक्त र खुल्ला दिसामुक्त नगरका रुपमा घोषणा गरिसकेको जानकारी गराउदै ११ हजार घरधुरी मध्ये अझैपनि २० प्रतिशत जनसङ्ख्याले विजुली बाल्नबाट बन्चित हुनुपरेको जानकारी दिनुभयो ।
कार्यक्रम कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीले संचालन गर्नुभएको थियो ।