Kanakai Online

श्रमिक महिला दिवशमा माओवादीद्धारा सहित परिवारको सम्मान


बिहिवार, फागुन २४, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , फागुन २४ गते । विश्वभर १०८ औ विश्व नारी दिवशको अवशर पारेर बिहिवार विर्तामोडमा अनेमसंघ क्रान्तिकारी र अखिल नेपाल टे«ड युनियानले झापामा १० वषै जनयुद्धमा परि सहिद तथा वेपत्ता हुने ४२ परिवारका आमा तथा श्रीमतीलाई सम्मान गरेको छ ।
महिला संगठनको आयोजना गरेको १०८ औ अन्तराष्ट्रिय श्रमिक दिवशको अवशरमा सहिद परिवारका महिला सदस्यलाई सम्मान गरिएको हो उहाँहरुलाई माओवादी केन्द्रका पोलिटव्युरो सदस्य झलकसिंह दर्लामी शन्देश , पोलिटव्युरो सदस्य राजु आचार्य अग्नि , केन्द्रिय सदस्य सिपि कड्रिया लगायातका नेताले सहिद परिवारलाई सम्मान गर्नुभएको हो ।
महिला दिवको सो कार्यक्रममा वोल्दै वोल्दै माओवादी केन्द्रकी केन्द्रिय सदस्य अस्मितकला तामाङले विश्वभर महिला दिवश मनाइरहदा झापामा भने घर ढलान तथा ज्यालादारी महिलाहरुलाई ठेकेदारले विदा नदिदा आप्mनै दिवश पनि मनाउन नपाएको बताउनुभएको छ ।
वर्षमा एकदिन समेत कार्यक्रममा जादा ठेकेदारले आफ्नो ठाउँमा अर्को कामदार राख्ने र आफु पर्सीदेखि बेरोजगार बन्नुपर्ने कारणले धेरै दिदिबहिनीहरु म्हिला दिवश मनाउन आउन पाउनुभएन । अफिसमा काम गर्ने र सरकारी महिलाहरुवाहेक अन्य श्रमजिवि महिलाहरुका लागि यो दिवश आउनु र अआउनुमा केही फरक परेको छैन तामाङले भन्नुभयो ।
कार्यक्रममा शहिद तथा वेपत्ता परिवारकी जिल्ला अध्यक्ष पुजा खनाल , अखिल नेपाल ट्रेड युनियानकी जिल्ला अध्यक्ष सन्ध्या सापकोटा , अनेमसंघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष बन्दना झाँगड लगायतले समानताका कुरा गरेर मात्रै नहुने भन्दै कार्यान्वयन नभएसम्म परिवर्तनको महसुस नहुने भन्दै कार्यान्वयनमा लाग्न सुझाव दिनुभयो । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी शन्देशले अहिलेसम्म जतिपनि परिवर्तन भएको छ यी सवैमा महिलाहरुकै भुमिका वढी रहेको भन्दै राज्यका उपल्ला निकायहरुमा समेत महिलालाई निर्वाचित गराएर परिवर्तनको कार्यान्वयनको सुरुवात भइरहेको भन्दै महिलाहरुलाई अवशर श्रृजनाका लागि राज्य लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रममा सहिद परिवारका अम्बिका रिजाल र खड्ग बुडाथोकीले सहिदका कारण देशले परिवर्तन भएपनि सहिदको भावना अनुसार देश अगाडि वढ्न नसकेकोमा गुनासो गर्नुभयो ।
फोटो ः १० वर्षे जनयुद्धका वेला झापाबाट शहिद तथा वेपत्ता हुनेका आमा र श्रीमतीलाईसम्मान गर्दै प्रमुख अतिथि झलकसिंह दर्लामी शन्देश लीलाराज झापाली