Kanakai Online

सुरुङ्गामा जारी महिला फुटबलको उपाधि सनसाइन ज्यामिरगढीलाई


बिहिवार, फागुन २४, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , फागुन २४ गते ।आज विश्व नारी दिवशको अवशर पारेर झापाको कनकाई नगरपालिकामा आयोजित जिल्ला स्तरीय महिला फुटवल प्रतियोगिताको उपाधि सनसाइन महिला क्लव ज्यामिरगढीले जितेको छ ।
बिहिवार भएको फाइनल खेलमा ज्यामिरगढीले खुदुनावारी महिला फुटवल क्लवलाई ४—० गोल अन्तरले हराउदै नगद ५५ हजार सहितको उपाधिको रक्षा गरेको हो । उपविजयी भएको टिम खुदुनावारीले नगद ३५ हजार र ट्रफी पाएको थियो । प्रतियोगितामा विजयी टिमकी सम्भना लावती र रुमा भुजेलले समान २÷२ गोल गर्नुभयो । सनसाइनले खेलको पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गरेको थियो ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा स्थानीय कनकाई माविको खेलमैदानमा आयोजित प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा गत फागुन १७ गतेदेखि आयोजना गरिएको हो । प्रतियोगितामा झापाका ८ महिला टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आथित्यता रहेको थियो । कार्कीले प्रदेश १ लाख खेल पर्यटन सगै खेलको हव बनाउन छुट्टै बजेट , जनशक्ति र खेल काउन्सिलको गठन गरिने वताउनुभयो । खेल क्षेत्र अव मनोरन्जनको साधन मात्रै रहेन समाज परिवर्तनको संवाहक समेत भएकोले सरकारले समेत खेल क्षेत्रलाई प्राथमिकतामा राखिएको कार्कीले बताउनुभयो । प्रदेशसभा सदस्य हिरा थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख मन्जु प्रसाई , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा , पुर्वसांसद अम्बिका खवास , कनकाई माविका प्रअ निर्मलकुमार खतिवडा , अन्तरपार्टी महिला संजालकी अध्यक्ष सीता बस्नेत , लगायातले खेल क्षेत्रका कारण युवा अनुशासन र देशको समृद्धिमा महत्वपुर्ण भुमिका रहने समेत बताउनुभयो । सचिव दिनानाथ खतिवडाले संचालन गरेको कार्यक्रमको औचित्यमाथि खेल संयोजक राजेन्द्र प्रसाद उप्रेतीले गर्नुभएको थियो ।
तस्वीर आफ्नो प्रथम पुरस्कारका साथ सनसाइनका खेलाडी हरु लीलाराज झापाली

सम्बन्धित खबर