कनकाई अनलाईन
इलाम । करफोकमा जारी प्रथम सुर्योदय मेयरकप फुटबल प्रतियोगिता अन्र्तगत बुधवारको खेलमा बिजयी बन्दै अर्जुनधारा नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । करफोक विद्या मन्दिरको खेलमैदानमा भएको प्रतियोगितामा अर्जुनधाराले इलाम नगरपालिकालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ७२ औ मिनेटमा अर्जुनधाराका कप्तान पुष्प मादेनले गरेको गोल नै निर्णायक बन्यो । मादेनले इलाम नगरपालिकाका गोलरक्षक छिरिङ तामाङ अधि बढेको मौकामा विट गर्दै गोल गरेका थिए । दुवै टिमले पाएका आधा दर्जन अवसरलाई सदुपयोग गर्न सकेनन् । प्रतियोगिता अन्र्तगत पहिलो क्वाटरफाइलनमा फागुन २५ आयोजक सुर्योदय नगरपालिका र कनकाई नगरपालिकाबिच प्रतिस्पर्धा हुनेछ । आयोजकले माइ नगरपालिकाको चुनौती ३–० ले पन्छाउदै क्वाटरयात्रा तय गरेको हो भने कनकाईले देउमाइ नगरपालिकालाई ७–२ ले हराएको हो ।