Kanakai Online

पशुको बजेट अन्यत्र विनियोजन


बिहिवार, फागुन २४, २०७४ |

कनकाई अनलाईन
। गाउँपालिकाअन्तर्गतका पशुु विकास शाखामार्फत पशुु क्षेत्रका लागि खर्च गरिनुु पर्ने बजेट अन्यत्रै विनियोजन गरिएको पाइएको छ । गाउँपालिकालाई बजेट प्राप्त भएपछि मन्त्रालयको कार्यक्रम सञ्चालन निर्देशिकालाई लत्याएर बजेट बाँडफाँड गरिएको पाइएको हो । पशुु विकासका क्षेत्रमा कार्यक्रम तर्जुुमा गरी खर्च गर्नुपर्ने बजेटलाई गाउँपालिकाले फर्निचर, ल्यापटप, प्रिन्टरदेखि बाटोमा समेत खर्च गरेको पाइएको गाउँपालिकामा कार्यरत कर्मचारीले बताएका छन् । केन्द्रले मासिक तथा चौमासिक रूपमा प्रगति प्रतिवेदन माग्ने गरे पनि कुुनै पनि गाउँपालिकाबाट सो प्रगति विवरण दोस्रो चौमासिक सकिन लाग्दा पनि नपाएको जिल्ला पशुुसेवा कार्यालयका कृष्ण रोकायाले बताउनुुभयो ।
गाउँपालिकालाई पशुु विकास शाखामा काम गर्न सहजताका लागि पशु स्वास्थ्य प्राविधिक र नायब पशु सेवा प्राविधिक सबै गाउँपालिकामा खटाइसकेको छ । हुुम्ला जिल्लाका सातवटै गाउँपालिकाका लागि चालू आर्थिक वर्षमा चार करोड ५१ लाख ७५ हजार रुपियाँ बजेट जिल्लामा आए पनि बजेट अनुुसार कार्यक्रम चारवटा गाउँपालिकाले तर्जुुमा नै गरेका छैनन् । यसैगरी तीनवटाले गरेको भए पनि कार्यक्रम सञ्चालनका लागि निकासा नगरेको जिल्ला पशुुसेवा कार्यालयका वरिष्ठ पशुु चिकित्सक हरिबहादुुर कुुँवरले बताउनुुभयो । जिल्लाको पशुु विकासका लागि कुुल बजेटमध्ये करिब २५ प्रतिशत बजेट मात्र विनियोजित भएको देखिन्छ । पशुु क्षेत्रको विकासका लागि चार खम्बे नीतिका बारेमा जानकारी गराउँदा गराउँदै पनि पशुु विकासका लागि बजेट विनियोजित नभएको कुँवरले बताउनुुभयो । यसमा सरकारबाट पशुु विकासका लागि पशुु आहारा, पशुु प्रजनन, पशुु स्वास्थ्य र बजारीकरणका क्षेत्रमा कार्यक्रम तय गरी कार्यान्वय गर्नुपर्नेमा सबै गाउँपालिकाले केही मात्रमा शिविर र औषधि खरिदबाहेक अन्य कार्यक्रम नगरेको उहाँले बताउनुुभयो ।
यस विषयमा केही गाउँपालिकाका प्रमुुख कार्यकारी अधिकृतसँंग सम्पर्क गर्न खोज्दा उहाँले आफूले यस विषयमा केही बोल्ने र रकम विनियोजन गर्ने काम गाउँ कार्य समितिको भएको बताउनुभयो ।

सम्बन्धित खबर