कनकाई अनलाईन
झापाको बिर्तामोडस्थित वीरता जेसीजलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ फेब्रुअरी २०१८ एरिया ए’ को अवार्ड प्रदान गरेको छ ।
वीरता जेसीजले सामाजिक तथा मानवीय सेवा क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्यालले ‘जेसीज अफ द मन्थ फेब्रुअरी २०१८ एरिया ए’ को अवार्ड प्रदान गर्ने घोषणा गरेका हुन् । नेपाल जेसीजले काठमाडौंमा आयोजना गरेको देशभरका जेसीज शाखाहरुको लोम लिडर्स एकाडेमीका अवसरमा वीरता जेसीजका अध्यक्ष एकराज गिरीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर र निरुपित राष्ट्रिय उपाध्यक्ष रश्मी निरौलाले अध्यक्ष गिरीलाई संयुक्त रुपमा उक्त अवार्ड प्रदान गरेका थिए । १२ फेबु्रअरीमा गिरी नेतृत्वको टिमले वीरता जेसीजको नेतृत्व सम्हालेपछि १६ दिनकै अवधिमा सामाजिक तथा मानवीय सेवा क्षेत्रमा गरेको विभिन्न आधा दर्जन उत्कृष्ट कार्यलाई नेपाल जेसीजले मूल्यांकन गरेको थियो ।
अवार्ड हस्तान्तरण समारोहमा जेसीआईका अन्तर्राष्ट्रिय उपाध्यक्ष रामकुमार मेनन लगायत देशी विदेशी विशिष्ठ पाहुना तथा देशभरका जेसीज शाखाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहभागी थिए ।
अवार्ड ग्रहण गरेपछि अध्यक्ष गिरीले वीरता जेसीजको तर्फबाट नेपाल जेसीज, आफ्नो टिमका पदाधिकारी, संयोजक, सदस्य, संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरुप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग र सद्भाव प्राप्तहुने विश्वास व्यक्त गरेका छन् ।