Kanakai Online

पुलिसको कठिन जित


सोमवार, फागुन २१, २०७४ |

लीलाराज झापाली
विर्तामोड , फागुन २० गते । झापामा जारी रमपम झापा गोल्डकपको तेस्रो संकरणमा आइतवार भएको खेलमा करेन्ट रुपन्देही ११ लाई हराउदै विभागिय टिम नेपाल पुलिस क्लव विजयी भएको छ ।
प्रतिस्पर्धात्म कबनेको खेलमा पुलिस १ — ० को झिनो गोल अन्तरले हराउदै पुलिस क्वाटरफाइनमा प्रवेश गरेको छ । पुलिसका लागि दोस्रो हाफको ३५ औ मिनेटमा रिजन सुब्बाले एकमात्र निर्णायक गोल गर्नु भयो ।
रिजनले पुलिसका लागि वानभर्सेस वान गोल गर्नुभयो । पोलको पुर्वी कर्नरबाट ३ खेलाडीलाई छलाएर सुब्बाले एकल प्रयासमा गोल गर्नुभयो । त्यसपछि जवाफी गोल फर्काउन रुपन्देहीले प्रयास गर्दापनि गोल गर्न नसकेपछि खेलको नतिजा पुलिसको हातमा पुगेको हो । खेलमा खेलको पहिलो हाफमा पुलिस क्लव आक्रमक बनेको थियो भने दोस्रो हाफमा रुपन्देही आक्रमक बनेपनि गोल गर्न भने सकेन । खेलअवधिभर पुलिसको एक दर्जन र रुपन्देहीका खेलाडीको आधादर्जन प्रहारहरु गोलमा परिणत हुन पाएन ।
खेलको दोस्रो मिनेटमा रुपन्देहीका खेलाडी अमर डङ्गोलले गोलपोस्ट नजिकैबाट गरेको क्रस प्रहार गोलपोस्ट बाट थोरै बाहिरबाट वाहिरिएको थियो । खेलको १३ औ मिनेटमा पुलिसका रिजन सुब्बाले सुन्दर मौकाको सदुपयोग गर्न सक्नुभएन । रुपन्देहीका गोलकिपर सुजित गुरुङ्ग समेत बिट भइसकेको अवस्थाको खाली गोलपोस्टमा समेत गोल गर्न सक्नुभएन रिजनको प्रहार गोलपोस्ट वाहिरिएपछि अग्रता बनाउनबाट पुलिसका खेलाडी चुकेका थिए । खेलको १८ औ मिनेटमा पुलिसका सुमन लामाको प्रहार रुपन्देहीको गोलपोस्टमा लागेर वाहिरिएको थियो ।
खेलको पहिलो हाफमा रुपन्देहीका गोलकिपर सुजित गुरुङ्ग बढी व्यस्त हुनुपरको थियो । खेलको २५ औ मिनेटमा पुलिसका सन्तोस हेमरङ्गले रुपन्देहीको गोलकिपर समेत विट भएको अवस्थामा समेत गोल गर्न सकेनन ।
हेमरङ्गको प्रहारलाई रुपन्देहीका डिफेन्डर सुरज विकेले रोक्नुभयो । पुलिसका खेलाडीले एकपछि अर्को प्रयास गोलमा परिणत हुन नसक्दा खेलको निर्णयका लागि दोस्रो हाफसम्म कुर्नुपर्यो । खेलको २७ औ मिनेटमा पुलिसको तेज तामाङ्गको क्रस समेत गोल हुन सकेन । खेलको ३७ औ मिनेटमा पुलिसका रवि पासवानको हेड थोरै गोलपोस्टमाथिबाट बाहिरियो । खेलमा रुपन्देहीका खेलाडीको समेत केहि प्रहारहरु खेर गएको थियो । दोस्रो हाफको ८ मिनेटमा रुपन्देहीका निशान लिम्बुको प्रहार गोलमा परिणत हुन पाएन निशानले पुलिसको गोलकिपर सत्रुगन चौधरी समेत अगाडि वढिसकेको अवस्थामा समेत गोल गर्न सक्नुभएन । आइतवारको खेलको म्यान अफ द म्याच विजयी टिम नेपाल प्रहरीका सुमन लामा हुनुभयो । उहाँले नगद २५ हजार रुपैँया पाउनुभयो ।
सोमवारको तेस्रो खेल थ्री स्ट्रार र सशस्त्र प्रहरीको एफिएफ विच हुने छ । आफुहरुले जुनियार खेलाडी खेलाएको र अधिकांस खेलाडी नया र घाइते समेत रहेकोले पराजय हुनुपरेको रुपन्देहीका टिम कोच दयाराम सापकोटाले बताउनुभयो । यता पुलिसका टिमकोच अनन्तराज थापाले झापा गोल्डकप देशकै उत्कृष्ट प्रतियोगिता भएकाले त्यहि अनुसारको तयारी गरेकाले जित सम्भव भएको वताउनुभयो ।
झापा ११ फुटबल क्लवको आयोजनामा भइरहेको प्रतियोगिताको प्रथम र द्धितिय हुने टिमलाई नगद १२ लाख ५१ ह्जार र ६ लाख रुपैँया पुरस्कार पाउने छन ।
तस्वीर ः रुपन्देही र पुलिस क्लवका खेलाडी प्रतिस्पर्धा गर्दै

सम्बन्धित खबर