Kanakai Online

अबको ५ वर्षमा कांग्रेस पहिलो दल ः महत


शुक्रवार, फागुन १८, २०७४ |

कनकाई अनलाईन
झिलझिले । नेपाली कांग्रेसका नेता तथा पुर्व परराष्ट्रमन्त्री डाक्टर प्रकासशरण महतले कांग्रेस अहिलेको निर्वाचनबाट मैदानभित्र लडेकोमात्रै तर रिङ्गआउट भने नभएको बताउनुभएको छ ।
बिहिवार झापाको शिवसताक्षी नगरपालिका दुधेमा कांग्रेसका शिवसताक्षी नगरपालिकाको नगर अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता महतले अवको ५ वर्षमा काग्रेस पहिलो पार्टी हुने समेत दावी गर्नुभयो । यस अगाडि समेत कांग्रेस २०५१ साल २०६४ सालमा समेत नेपाली कांग्रेस दोस्रो शक्ति भएको बताउदै उहाँले संसारभरका शासन प्रणालीहरुमा उत्कृष्ट ठहरिएको शासन व्यावस्था काग्रेसको सिद्धान्त र पार्टी संचालन पद्धतिमा रहेकोले समेत कांग्रेस पार्टी आगामी दिनमा बौरिने वताउनुभयो । कांग्रेस भनेको दुबो हो अहिले ओइलाएको छ अब कार्यकर्ताको सिन्चन पछि मौलाउने छ नेता महतको भनाइ थियो ।
संसारभरमा कम्युनिष्ट शासन सिद्धिदै गएपनि नेपालमा भने कम्युनिष्ट बहुमत आउनुमा कम्युनिष्ट एकता र उनीहरुको आक्रमक प्रचारशैली भएको नेता महतको भनाइ थियो । महतले अहिलेको प्राप्त मत परिणामलाई लिएर निराश नहुन वरु आगामि निर्वाचनमा ५१ प्रतिशत मत बटुलनेगरी लागिपर्न नेता कार्यकर्तालाई उहाले आदेश दिनुभयो । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व सामान्यप्रशासन मन्त्री केशवकुमार बुडाथोकी , प्रदेश सांसद ओम सरावगी लगायातले कांग्रेस पार्टीले गरेका राम्रा कामको प्रचार नहुनु र नराम्रा कामका मात्रै प्रचार भएकोले जनतामा नराम्रो शन्देश गएको बताउनुभयो । कार्यक्रममा सो क्षेत्रका १५० वढी अन्य विभिन्न पार्टीका तथा स्वतन्त्र रहेका सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।