Kanakai Online

लायन्सको कान नसुन्नेहरुसगँको होली


शुक्रवार, फागुन १८, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा । होलि सास्कृतिक र परम्परामात्रैको पर्व नभएर यो मनोरन्जनको समेत पर्व हो । होलि आउदा हप्तादिनदेखिनै मानिसहरु मनोरन्जका लागि योजना बनाउछन । रङ्ग खानपान ,गित संगित सवै रमाइला हुन्छन तर कान नसुन्ने बहिरा विद्यार्थी जो परिवारबाट टाडा छन उनीहरुका लागि भने के दशै के होली के अरुनै दिन सवैबरावर मिठो परिकार खानपाए सबैदिन चाड नत्रभने … ।
तर कनकाई माध्यमिक विद्यालयमा अध्यानरत २४ विद्यार्थीहरुका लागि भने अघिल्ला वर्षहरुबाट हरेक होलि पर्वका दिन साच्चैनै होलीनै बनेर आइदिने गरेको छ । यो सव खुसी कनकाई लायन्स क्लवले फर्काइदिएको हो । कान नसुन्ने बहिरा विद्यार्थीहरु जसलाई पछिल्लो समय विषेश कक्षाका विद्यार्थी भन्ने गरिन्छ ।
उनीहरु हाल आवाशीय रुपमा कनकाई माविमा रहेर पढ्दै आएका छन । उनीहरुका लागि वर्षेनी कनकाई लायन्स र लियो क्लवले होलि मिलन कार्यक्रमको आयोजना गर्दै आएको छ । जुन यसवर्षपनि मनाइएको छ । लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले सुरु गरेको यस परम्परालाई हालका अध्यक्ष सुरेन्द्र प्रधानले पनि निरन्तरता दिए ।
बिहिवार दिउसो विदाको दिनमा पनि कनकाई माविको आगन रङ्गिन थियो सवै विद्यार्थी छिट्टीमा घरमा फागु मनाइरहदा यी अवोध वालवालिका पनि घरझै खुसी देखिन्छ सामान्य औपचारिक कार्यक्रम भयो जुन कानै नसुन्ने यी वालवालिकाहरुलाई कागलाई बेल भनेजस्तै भयो त्यहा दोभाषेको जरुरत थियो । त्यसपछि जव लायन्सका सदस्यहरुले ल्याएको स्कुल ब्याग , स्टेशनरी , पोशास त्यसछि मिठो खानेकुरा पाए तव उनीहरुले वास्तविक होलीको स्वाद पाए खानपान पहिले उनीहरुसग प्राकृतिक रङ्गबाट लायन्स र अतिथिहरुले रङ्ग दलेर होलि समेत मनाएका थिए ।
कार्यक्रममा उनीहरुसग होलिका खुसी साटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई उद्योग बाणिज्य संघकका अध्यक्ष कुमारमणि पोखरेल , कनकाई माविका प्रअ निर्मलकुमार खतिवडा लगायातले लायन्सले सानै कार्यक्रमबाट समेत यी अवोध वालवालिकको ठुलो खुसी फर्काइदिएको वताउनुभयो । लायन्सले यस विद्यालयमा अध्यार्त विषेष कक्षाका विद्यार्थीहरुलाई वर्षेनी निशुल्क स्वास्थ्य जाच र प्राथमिक आवश्यकीय औषधिसमेत गरिदिर्दै आएको छ । कार्यक्रको संयोजन भने लायन राजकिशोर चौधरीले गनुभएको थियो ।