Kanakai Online

विएण्डसीले ल्यायो दक्षिण एसियाकै पहिलो रेडियासन मेशिन


बिहिवार, फागुन १७, २०७४ |

कनकाई अनलाईन
झापाको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा क्यान्सर रोगीहरुका लागि लक्षित गरि ६० करोडको लगानीमा रेडियासन मेशिन भित्राइएको छ ।
बुधवार अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरि अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाइले अस्पतालले नेपाल भित्राएका हेल्सीयान र ट्रोबिम , फोरडी सिटि स्क्यान र डिजिटल मोमोग्राम सिस्टमका यी उपकरण दक्षिण एसियामै पहिलोचोटी भित्राएको दावी गर्नुभयो ।
मेशिनको मद्धतबाट आधा घण्टामै क्यान्सरका विरामीलाई मेशिनबाट रेडियाशन दिन सकिने र विरामीलाई कम पिडा र साइट इफेक्ट समेत कम हुने अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्र यादवले वताउनुभयो । यस पहिले संचालनमा आएका मेशिनबाट विरामीलाई रेडियोसन दिदा २ घण्टा समय लाग्दै आएको समेत यादवले बताउनुभयो । अस्पतालले आफ्नै स्वामित्वमा करिव ३ सय करोडको लागतमा ३ सय सैयाको छुट्टै भवनमा पुर्वाचल क्यान्सर हस्पिटल समेत संचालनको अन्तिम तयारीमा रहेको र अवको ४ महिनाभित्रै सो मेशिन सहितको अस्पतालबाट क्यान्सरका रोगीहरुले सेवा पाउने अस्पतालका प्रवक्ता प्रमिश गिरीले बताउनुभयो ।
तस्वीर ः पत्रकार सम्मेलनमा मेशिनको वारेमा जानकारी दिदै अस्पतालका प्रवन्ध निर्देशक प्रसाई लगायात

सम्बन्धित खबर