कनकाई अनलाईन
झापा गोल्डकपमा झापाका पुराना २ राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
सचिवालय बैठकले बुधबार सार्वजनिक गरेका दुई खेलाडीमा बिर्तामोड सैनिक बजारका रामदर्शन गुरुङ र कनकाई नगरपालिका सुरुङ्गाका सन्तबहादुर रायामाझीलाई नगद २५ हजारसहित गोल्डकप उद्घाटनका अवशरमा सम्मान गर्ने निर्णय गरिएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष राजकुमार कार्कीले बताउनुभयो । कार्कीका अनुसार प्रत्येक गोल्डकपमा दुई पुराना फुटबल खेलाडीलाई सम्मान गरिनेछ । मोफसलकै ठुलो धनराशी रहेको झापा गोल्डकपको तेस्रो संकरण आगामी फागुन १९ गतेदेखि विर्तामोडमा हुदै छ ।
६७ वर्षीय गुरुङ नेपाली फुटबल जगतमा उत्कृष्ट रक्षकका रुपमा चिनिनुहुन्छ उहाँ पुर्व राष्ट्रिय फुटबल टोलीका सदस्य पनि हुनुहुन्छ ।
त्यस्तै, ६० वर्षीय रायामाझी २०३२ सालदेखि व्यावसायिकरुपमा फुटबल खेलेका व्यक्ति हुनुहुन्छ ् ।
रायमाझि ०३५ सालमा १०० गुणा ४ मा नेपाल तेस्रो हुनुभएको थियो । स्थानीय अमरज्योति क्लबबाट सुरुवात गर्नुभएका उहाँले झापाको पुरानो मुनाल क्लब चन्द्रगढीबाट लामो समय खेल खेल्नुभयो । रायमाझि
मेची अञ्चलबाट प्रतिनिधित्व गर्दै ०३७ सालमा राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउनुभएको छ हाल कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक फुटबल प्रशिक्षक रहनुभएको छ भने कनकाई नगरपालिकाले उहाँलाई नगर खेलकुद एम्बासेडरका रुपमा नियुक्त गरेको छ ।रायमाझिले नेपाली सेना तथा माओवादीको जनमुक्ति सेनालाई समेत व्यारेकमा गएर लामो समय फुटवलको व्यावसायिक प्रशिक्षण दिनुभएको थियो ।