Kanakai Online

झापा गोल्डकप विजेतालाई १२ लाख ५१ ह्जार


बुधवार, फागुन १६, २०७४ |

कनकाई अनलाईन
विर्तामोड । मोफसलकै सर्वाधिक धनराशीको पुरस्कार रहेको तेस्रो रमपम झापा गोल्डकपमा भारतको एक सहित नेपालका प्रतिष्ठित ९ टिमको सहभागिता रहने भएको छ ।


डोमालाल राजवंशी रङ्गशालाको आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म हुने प्रतियोगिताको पुरस्कार राशीलाई अत्याधिक बृद्धि गरीएको छ । जसमा प्रथम र द्धितिय हुने टिमले नगद १२ लाख ५१ ह्जार र ६ लाख रुपैँया पाउने आयोजक समितिका संयोजक महेन्द्र गिरीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । यसवर्षदेखि प्रतियोगितामा पहिलो पल्ट पाहुना टिमका रुपमा भारतीय नयाँ टिम सिक्किम युनाइटेडले सहभागिता जनाउने समेत जानकारी गराइएको छ । बाकी ९ टिम नेपालकै उत्कृष्ट टिमहरु आयोजक रमपम झापा ११ , थ्री स्टार काठमाण्डौँ , मनाङ्ग मस्यादी , त्रिभुवन आर्मी , नेपाल पुलिस , सशस्त्र प्रहरी , सहारा क्लव पोखरा , रुपन्देहि ११ र सुदुरपश्चिम फुटवल क्लव रहने झापा ११ फुटवल क्लवका अध्यक्ष जलकुमार गुरुङ्गले जानकारी दिनुभयो । हरेक दिनका उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र उत्कृष्ट खेलाडी र आयोजक टिमका उत्कृष्ट खेलाडी समेतलाई एकएक वटा मोटरसाइकल दिइने समेत जानकारी गराइएको छ । दर्शक बस्नका लागि ५ हजार जना मिलेर बस्न मिल्ने बाँसको अस्थायी प्याराफिट समेत निर्माण गरिसकिएको छ । 

सम्बन्धित खबर