Kanakai Online

गाउँमा एम्बुलेन्स खरिदका लागि महायज्ञ


मङ्गलवार, फागुन १५, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा , फागुन १४ गते । सामुदायिक भवन निर्माण र गाउँमा अत्यावश्क एम्बुलेन्स खरिदका लागि झापा गाउँपालिका ७ मदरगाछका स्थानीयवाशीले सप्ताहव्यापी महायज्ञ लगाएका छन ।
राधाकृष्ण मन्दिर तथा नव प्रतिभा समाज सेवा परिवारको आयोजनामा सोमवारबाट सुरु भएको श्रीमदभागवत सप्ताह महापुराण धनधान्याञ्चल महायज्ञको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले उदघाटन गर्नुभयो । शाहले गाउँपालिकाको तर्फबाट समितिलाई १ लाख रुपैँया सहयोग गर्ने समेत घोषणा गर्नुभयो । महायज्ञमा आचार्य छविरमण निरौलाले पुराण वाचन गर्दै हुनुन्छ ।
तुलादान , धान्याञ्चल , भुमिदान र आर्थिक सहयोगबाट संकलित रकमबाट एम्बुेन्स खरिद र सामुदायिक भवन निर्माण गर्ने लक्ष्य रहेको आयोजक समितिका अध्यक्ष सुबास डाँगीले बताउनुभयो । यसैविच स्थानीय डिल्लीराम तथा राधादेवि विमली तथा धर्मकला प्रसाईले निशुल्क दिएको २ कठ्ठा जमिनका सोही स्थानमा राधाकृष्णको मन्दिर समेत निर्माण गरिएको छ । करिव १० लाखको लागतमा निर्माण गरिएको मन्दिरको समेत सोमबारनै प्रमुख अतिथि गाउपालिका अध्यक्ष जयनारायण शाहले उदघाटन समेत गर्नुभयो । कार्यक्रममा झापा गाउँपालिकाकी उपाध्यक्ष कुन्तादेवि बुडाथोकी लगायातले शुभकामना दिनुभएको थियो । महापुराण फागुन २२ गते मंगलवारसम्म चल्ने छ ।

सम्बन्धित खबर