Kanakai Online

कनकाइका युवा युवराज साईकलमै ४२ राष्ट्रको भ्रमण


शनिवार, फागुन ५, २०७४ |

लीलाराज झापाली
सुरुङ्गा ( चम्पापुर) कनकाई नगरपालिका ७ चम्पापुर निवासी युवराज मैनाली र पर्वतका भेषबहादुर कडेँल रत्तदान जीवनदान भन्दै विश्व साइकल यात्रामा निस्किएर ४२ देशको भ्रमण पुरा गर्नुभएको छ ।
उहाँहरु एसिया तथा युरोपका विभिन्न ४२ राष्ट्रको भ्रमणका क्रममा हाल अमेरिकाको विभिन्न क्षेत्रमा भ्रमणमा रहनुभएको छ । नेपालमा विनासकारी भुकम्प आएपछि देशमा चरम रगत अभाव भएको र त्यस्तो आपत्ती जुन देशमा पनि आउन सक्ने समस्या निम्तन सक्ने भन्दै रक्क्तदान गर्न सवैलाई उत्प्रेरित गदै २ वर्ष देखि यी युवा विश्व भ्रमणमा निस्कनुभएको हो ।
नेपालको राष्ट्र भण्डा लिएर विश्व यात्रामा निस्किएका यी शाहसी युवाले हरेक देशमा गएर त्यहाका नागरिकलाई नेपाल भ्रमणको निम्तो वाढ्ने र नेपालबाट लिएर गएको नेपाल भ्रमण सम्वन्धि पर्चा पम्लेम्ट बाढ्ने कामसमेत गरिरहेको भ्रमणकर्ता युवराज मैनालीलेबताउँनुयो । नेपाल मात्रै नभएर विश्वका धेरै ठाउँमा रक्तदान सम्बन्धि भ्रम याथवत रहेछ रक्तदान गर्दा शरिर कमजोर हुने विकसित देशमा समेत भ्रम रहेछ मैले नेपालमा रगतकै कमिले गर्दा भुइचालोमा धेरै मानिसहरुको मृत्यु भएको र रक्तदान गर्दा धेरै मानिसको अकालमा मृत्यु हुनबाट जोगाउन सकिने शन्देश दिएपछि धेरै मानिसहरु रक्तदानका लागि तयारी बनेको समेत मैनालीको भनाइ छ । आफुले नेपाल बुद्ध र सगरमाथाको देशबाट आएको शान्तिभुमिबाट आएको भन्दै अव देशमा भ्रमणका लागि कुनै अप्ठ्यारो नभएको मुलुकले राजनैतिक स्थायित्व पाइसकेको समे सबैमा शन्देश प्रवाह गरिरहेको वताउँनुभयो । नेपाल भ्रमणमा जान अमेरिका तथा तेस्रो मुलुकबाट धेरै मानिसहरु तयार रहेको र यसका लागि सरकारले विशेष भ्रमणको प्याकेट ल्याउन ढिलाई गर्न नहुने मैनालीको भनाइ छ ।
आउदो ५ वर्षभित्र विश्वमा १५० थप देश घुमेर रक्तदानका साथमा गौतम बुद्ध र सगरमाथाको देश घुम्न सबैलाई निम्तो समेत दिने मैनाली र कडेँलद्धयको लक्ष्य रहेको छ । कनकाई नगरपालिका ६ चम्पापुर माविबाट एसएलसी उत्तीण गरी कनकाई बहुमुखी क्याम्पसमा उच्च शिक्षा गनुभएको ३१ बर्षे यी युवा आफु जहाँ पुगेपनि कहिल्यै बन्द नहुने कनकाई नगरपालिकाको माटो साथमा लिएर हिड्ने गरेको बताउँनुहुन्छ । उहाँलाई विश्वकै लायन्स क्लव , रेडक्रस र नेपाली एनआरएनले मद्धत गरिरहेको युवाद्धय बताउँनुहुन्छ ।

सम्बन्धित खबर