लीलाराज झापाली
विर्तामोड । पछिल्लो समय झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोड नगरीमा नाट्य गतिविधिले तीव्रता पाएको छ ।
यस क्षेत्रमा मनोरञ्जनका लागि हाल २ वटा ठुला लगानीका सिनेमा हल र एक वटा थ्री डि सिनेमा हलसमेत संचालनमा रहेका छन । तरपनि पछिल्लो युवा पुस्ता र स्कुल कलेजका विद्यार्थीहरु प्रत्यक्ष रङ्गमंचमा मञ्चनहुने नाटक हेर्न टिकट काटेरै रङ्गमञ्चमा तानिएसगै विभिन्न नाट्य समुहको आयोजनामा नाटक गतिविधि वढ्न थालेको छ । हालैमात्र क्षितिज नाट्य समुह झापा र झोराहाट नाट्य समुह मोरङ्गको सयुक्त आयोजनामा विर्तामोडस्थित अतिथि सदनमा एकसातासम्म नाटक पर्खालको मञ्चन गरिएको छ ।
लेखक भरत गुरागाँइको नाट्यकृति पर्खाललाई निर्देशन प्रयाग न्यौपानेले गर्नुभएको छ । नाटकमा लेखक र निर्देशक दुबैले अभिनय समेत रहेको छ । नाटकमा मानिसभित्रको अंहकारको भावनाले कुन हदसम्मको आपाराधिक मानसिकतामा पुर्याउछ भनेर शिक्षा दिन खोजेको छ । दाजुभाईको झगडा , बाबु कुलतमा रहदा छोराछोरीमा पर्नजाने असर , सन्तानको मनमुटावका कारण बुद्ध आमाबुबामा परेको असर लगायातका विषयवस्तुलाई नाटकले मसिनो तरिकाले एकघण्टासम्मद र्शकलाई बाध्न सकेको छ । माघ १५ गतेदेखि २१ गतेसम्म एकसातासम्म विर्तामोडका दर्शका लागि दिनमा ३ शोका दरले नाटक देखाइएको थियो । नाटकमा प्रज्ज्वल काफ्ले ,खुसी शर्मा , भीमा खतिवडा , गजेन्द्र पृथक , झापाली कान्छा अभिषेक , सुनिता कट्टेल लगायातका कलाकारले अभिनय गर्नुभएको छ । नाटकलाई आकर्षक बनाउनका लागि फिल्मी रङ्ग संयोजन र स्टेज सजावट समेत गरिएको थियो ।
नाटक हेर्नका लागि विभिन्न स्कुलकलेजले समेत हलमा ठुलो सङ्ख्यामा विद्यार्थी लगेको थियो । यस्ता नाटकले विद्यार्थीहरुमा अतिरिक्त ज्ञान वढ्नेहुदा शैक्षिक क्रियाकलाकै लागिपनि विद्यार्थीलाई नाट्यघर लैजाने गरेको विद्यालयका पिन्सिपलहरुको भनाइ छ । विद्यार्थी वाहेक अन्य उमेरसमुहका मानिसको समेत नाटक हेर्न हलसम्म पुगेपछि आयोजकहरु समेत नाट्य गतिविधिका लागि थप हौसला मिलेको क्षितिज नाट्य समुहका संयोजक माधव कल्पित बताउँनुहुन्छ । यस अघि समेत विर्तामोडमा चर्चित नाटक लाटीको छोरो कार्तिक २४ गतेदेखि मंसिर १ गतेसम्म १९ शो मंचन भएको थियो । झापामा मेचीनगरमा परिवर्तन थ्रियटर , विर्तामोड , दमक लगायातका क्षेत्रमा संगठित नाट्यकर्मीहरुले ठुलो लगानीमा पटकपटक यस क्षेत्रमा रङ्गमंचमा नाट्क देखाउदै आउनुभएको छ ।
तस्वीर नाटक पर्खाल प्रस्तुत गर्दै कलाकारहरु