Kanakai Online

मृतकको नाममा विरुवा रोप्दै कनकाई लायन्स


बिहिवार, फागुन ३, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा , आफ्नो नगरलाई हरियाली बनाउने उद्धेश्यले कनकाई नगरपालिकाका केहि युवा क्लवहरुले विरुवा रोपण कार्यलाई तीव्रता दिएका छन ।
कनकाई नगरपालिकास्थित लायन्स क्लव अफ कनकाई सुरुङ्गा र सुरुङ्गा जेसिसमा आवद्ध २ सय युवाले आफ्ना हरेक कार्यक्रमको आयोजना गर्दा विरुवा रोप्ने कार्यलाई प्राथमिकता दिदै आएका हुन ।
पछिल्लो समय लायन्स क्लब अफ कनकाई सुरुङ्गाले आफुहरु मरिमराउ भएको ठाउँमा समवेदना पुर्याउन जादा समवेदना पत्रको साथमा मृतकको नाम लेखी अनिवार्य एउटा रुद्राक्षको विरुवा लिएर जाने अभियान चलाउदैँ आएको छ ।
समवेदना भनीसकेपछि भेला भएका लायन्सका सदस्यहरुमध्ये केहिले ठाउँ देखाउन त केहि फरुवा बोकेर सोहिदिन मृततको नाममा विरुवा रोपेर पानी हाल्ने गरिएको छ । यसो गर्दा मृततको नामको भावनात्मक सम्वन्ध त्यो विरुवामा जानेहुदा विरुवा हुर्काउन र हेरचाह गर्न परिवारलाई कुनै समस्या नहुने लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया वताउँनुहुन्छ ।
कुनै परिवारको सदस्यको नाममा रोपिएको विरुवा मरीहाल्यो भनेपनी फेरी संस्थासग विरुवा मागेर हुर्काउने गरिएको लायन्सको अध्यक्ष सुरेन्द्र प्रधानले वताउँनुभयो । विहिवार मात्रै कनकाई नगरपालिकाका पुराना पत्रकार तथा साहित्यकार तुलसीदास श्रेष्ठको निधनमा लायन्सले समवेदनाका साथमा श्रेष्ठको नाममा रुद्राक्षको विरुवा रोपिएको छ ।
घरमा रुद्राक्षको बोट रोप्ने ठाउँ नभए मृतकको नाममा गमलामा धुपी भएपनि रोप्ने गरिएको लायन्सका सचिव तथा संचारकर्मी मनोज बस्नेत बताउनुहुन्छ । हालसम्म करिव ५० जना मृतकको घरमा पुगी मृतकको नाममा विरुवा रोपिसकिएको लायन्सका कोषाध्यक्ष साजन थापाले बताउनुभयो । लायन्सले कनकाई नगरपालिका २ सुकेडाँगी सामुदायिक वन समुहको ४ विगाह क्षेत्रफलमा समेत वृक्षरोपण गरेर लायन्स वन तयार गरिसकेको छ । सो वनमा लायन्सका सदस्यहरुको आफ्नो परिवारको सदस्यको हरेक जन्मदिनमा एउटा विरुवा आफ्नो नाममा रोपेर मनाउने गरिएको छ ।
यता सुरुङ्गा जेसिजले समेत ग्रीन सिटी क्लीन सिटी भन्ने नाराका साथ ५ वर्ष पहिलेदेखि सुरुङ्गा वजार क्षेत्रमा धुपीका विरुवा लगाउने हरेक वर्ष सरसफाई र यस क्षेत्रका प्राय सबै सामुदायिक विद्यालय र क्याम्पसमा विभिन्न प्रजातिका विरुवा लगाउदै आएको जेसिजको वर्ष २०१८ का अध्यक्ष भीम भट्टराईले बताउँनुभयो ।
कनकाई नगरपालिका क्षेत्रमा आधा दर्जन पर्यटकिय क्षेत्र र ४ वटा सामुदायिक वन समुह रहेका छन यी सवैले हरेक वर्षसमेत वृक्षरोपणको कार्यलाई अगाडि वढाउदै लगेका छन ।
तस्वीर ः विहिवार स्वर्गीय पत्रकार तुलसीदास श्रेष्ठको स्मृतिमा रुद्राक्षको वोट रोप्नका लागि हस्तानतरण गर्दै लायन्स क्लवका अध्यक्ष सुरेन्द्र प्रधान ।

सम्बन्धित खबर