कनकाई अनलाईन
सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा युवा राजकुमार कट्टेल सर्वसम्मत हुनुभएको छ । शनिवार सम्पन्न केन्द्रको चौथो साधरणसभाबाट कट्टेलको तेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । कनकाई माविका प्रअ निर्मल खतिवडा , कनकाई नगरपालिकाको वार्डनम्बर ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया र यस क्षेत्रका स्रोत व्याक्ति मेदनीप्रसाद पाठक पदेन सदस्य रहने सो सिकाइ केन्द्रको उपाध्यक्षमा मुना शिवाकोटी सचिवमा लीला शिवाकोटी , कोषाध्यक्षमा मिना उप्रेती र सदस्यहरुमा पुष्पा भट्टराई , चन्द्रकला दाहाल र ममता सेढाई रहनुभएको छ ।
पछि १ सदस्य थप गरिने समेत अध्यक्ष कट्टेलले बताए ।
सोहि अवशरमा लामो समय शिक्षा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउनुभएका तिलचन्द्र उप्रेतीलाई समेत सम्मानित गरिएको थियो । उप्रेतीलाई कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाइले सम्मान गर्नुभएको हो । कार्यक्रममा उपप्रमुख प्रसाई , शिक्षासेवी तथा साहित्यकार कोमलप्रसाद पोखरेल , कनकाई उवासंघका उपाध्यक्ष मिनाल तिम्सिना ,स्रोत व्याक्ति मेदनी पाठक , कनकाई माविका अध्यक्ष जर्नादन उप्रेती , जामुनखाडी सिमसार तथा पर्यटकियक्षेत्र तथा जिल्ला सिमसार संरक्षण तथा प्रवद्धन केन्द्रका अध्यक्ष ख्याम सिटौला , कनकाई माविका पुर्वप्रअ ईश्वरीप्रसाद शिवाकोटी , रेडक्रस अध्यक्ष प्रविन तिम्सिना ,लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सुरुङ्गा सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष सारदा पाठकको सभापतित्वमा सम्पन्न भएको थियो ।