Kanakai Online

मनकारी घनेन्द्रद्धारा भारतीय सिमामा रहेको नेपाली स्कुलमा स्वीटर प्रदान


आइतवार, माघ २८, २०७४ |

कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रका समाजसेवी युवा व्यावसायी तथा कनकाई अनलाईन तथा साप्ताहिकका सल्लाहकार सम्पादक घनेन्द्रराज खनालले यसवर्षको अन्तिम विद्यालयलाई सहयोग स्वरुप नेपालभारत सिमामा रहेको दक्षिणी क्षेत्र झापा गाउँपालिका १ रसुनगंञ्जको सरस्वती प्राविका शिसु कक्षाका २५ बालवालिकालाई जाडोको न्यानो लुगा प्रदान गरेका छन ।
उनले आफ्फै गरेर सो विद्यालयमा अध्यानरत् त्यी वालवालिकालाई न्यानो कपडा लगाइदिएका हुन । स्वास्थ्य व्यावसायी समेत रहेका खनालले स्कुलमै पुगेर अभिभावक , शिक्षक र विद्यार्थीलाई सफा रहन र जाडोवाट वच्न समेत सुझाव समेत दिए । यसै वर्षदेखि कनकाईको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने घोषणा गरेका कनकाई नगरपालिका २ जामुनवारी निवासी व्यावसायी खनालले यस अघि आफु अध्यान गरेको सरस्वती मावि सुरुङ्गा र झापा गाउँपालिका ६ मा रहेको भृकृटी आधारभुत विद्यालयमा अध्यानरत ५०० विद्यार्थीलाई न्यानो कपडा स्वीटर वाढिसक्नुभएको छ । उनकी ममतमयी माता श्रीमती र सहकर्मी मित्र तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापाली , उनका मित्र शिक्षक मित्र कार्कीले झापाका विभिन्न गरिव तथा अल्पसङ्ख्यक विद्यार्थीअध्यानरत विद्यालयको छनौट गरि स्वीटर वितरण गरिएको हो ।
स्वीटर वितरण कार्यक्रममा भृकृटी प्राविका प्रअ मदन भण्डारी , दाता खनाल संचारकर्मी लीलाराज झापाली , विद्यालयका प्रअ भीष्मराज अधिकारी लगायातले खनालको समाजप्रतिको योगदानको खुलेर प्रसंसा गरेका थिए । खनालले आगामी दिनमा समेत यस्ता गतिविधिको निरन्तरता दिदै लैजाने प्रतिवद्धता जनाएका थिए । कार्यक्रम विद्यालयका अभिभावक श्यामनाथ यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।
भारतीय सिमादेखि १ किलोमिटर नजिक्कै रहेको यस विद्यालयमा मुस्लिम , सन्थाल र यादव थरका वालवालिकाहरु पढ्ने गरेका छन भने जाडोको समयमा पर्याप्त कपडाको अभावमा जाडो याममा विद्यार्थीहरु नियमित विद्यालय जादैनन । कक्षा ५ सम्ममात्र पढाइहुने यस विद्यालयको पढाइ सकेपछि कक्षा ६ को अध्यानका लागि ६ किलोमिटर हिडेर डिल्लीराज माविसम्म जानुपर्ने बाध्यताका कारण धेरै विद्यार्थीले पढाई विचमा छाड्ने गरेको सरस्वती प्राविका प्रअ भीष्मराज अधिकारी बताउँनुहुन्छ ।

सम्बन्धित खबर