Kanakai Online

अलबिदा तुलसी सर


शुक्रवार, माघ २६, २०७४ |

कनकाइ अनलाइन ।झापाका पुराना साहित्यकार तथा पत्रकार तुलसीदास श्रेष्ठको ७९ बर्षको उमेरमा निधन भएको छ । बिहान १०ः३० बजे कनकाई नगरपालिका—३ टप्पुमा अचेत बन्नुभएका श्रेष्ठको उपचारको लागी विर्तामोड स्थित विर्तासिटी हस्पिटलमा लग्दै गर्दा बाटैमा निधन भएको उहाँका नाती प्रदिप श्रेष्ठले जानकारी दिनुभयो ।
वि.स १९९५ मंसिर २५ गते इलाम जिल्लाको शान्तिपुरमा जन्मिनुभएका श्रेष्ठ लामो समयदेखी शिक्षण पेशमा साथमा पत्रकारितामा कलम चलाउदै आउनुभएको थियो । श्रेष्ठका विभिन्न कथा, कविता र उपन्यास संग्रह प्रकाशन भइसकेका छन भने उहाँ विवेचना दैनिक, राष्ट्रिय समाचार समिती, पुर्वाञ्चल दैनिक, दोमुखा मासिक लगायतका दर्जनौ पत्रपत्रिकामा सम्पादक तथा सम्वाददाता रही कार्य गरिसक्नुभएको छ ।
दार्जिलिङबाट प्रकाशित हुने भारती मासिक पत्रिकामा इच्छा कविता प्रकाशनसंगै साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका श्रेष्ठ हालसम्म पनि विभिन्न फुटकर लेख रचना, अनुसन्धानमुलक लेखहरु पत्रपत्रिकामा लेख्दै आउनुभएको थियो । उहाँ लामो समयसम्म कनकाइ मावि सुरुङ्गामा शिक्षण पेशामा समेत संलग्न रही अवकाश पाउनुभएको थियो ।उहाँ ३ दर्जनभन्दा बढी संघ संस्थाहरुबाट पुरस्कृत एवम अभिनन्दित भइसक्नुभएको छ ।
श्रेष्ठका ३ छोरा नगेन्द्र, विजय र नविन, ३ छोरीहरु राधिका उप्रेती, चन्द्रकला ढकाल र निरा श्रेष्ठ रहनुभएकोछ । कनकाइ नगरकै एक नक्षेत्र मानिनुभएका श्रेष्ठ प्रति कनकाइ अनलाइन परिवार हार्दिक श्रद्धासुमन प्रकट गर्दछ ।

सम्बन्धित खबर