कनकाई अनलाईन
हङकङ वाट संकलित रकमले झापाको पर्यटकिय सताक्षीधाममा विविक्यु निर्माण भएको छ ।
शिवसताक्षी नगरबाट विभिन्न कामले हङकङ गएका १७ जनावाट संकलित रकमले सताक्षीधामको वनभोज स्थलमा विविक्यु निर्माण भएको हो । शिवसताक्षी नगरका १७ र वाहिरका १० गरि २७ जनावाट ३ लाख ७३ हजार १ सय रुपैयाँ संकलन भएको शिवसताक्षी हङकङ समाजका अध्यक्ष टेकवहादुर राई९असोक०ले वताउनु भयो ।
वनभोज खाने र रमाईलो गर्नेका लागि पहिलो रोजाईको रुपमा स्थापित सताक्षीधाममा विविक्यु निर्माण भएपछि तामासी भोजन लिने पुर्वेलिलाई फाईदा पुग्ने भएको छ । सताक्षीधाम मा आन्तरीक तथा वाहिय पर्यटक भित्र्याउन विविक्युले मद्धत पुर्याउने राईले वताउनु भयो ।
वनभोज स्थलमा ४ वटा कटेज सहितको विविक्यु निर्माण भएको छ । हिजो सताक्षीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुव्बाले एक कार्यक्रमका विच विविक्युको उद्धघाटन गर्नुभयो । हङकङ मा बसोवास गर्ने दाताको नावावली र उनिहरुले प्रदान गरेको धनराशि सहितको स्तम्भ अनावरण गरेर विविक्युको सुब्बाले उद्धघाटन गर्नुभएको हो । ४ फिट उचाईको सो स्तम्भको माथिल्लो भागमा नेपालको नक्सा वहुपयोगि हुने नेपाली काँग्रेस शिवसताक्षीका सभापति पर्शुराम ढुँगानाले दातालाई सुझाउनु भयो । ढुँगानाको सुझावलाई समाजका अध्यक्ष राईले निर्माणाधिन स्तम्भका नेपालकै नक्सा राखिने दावि गर्नुभयो ।
शिवसताक्षी हङकङ समाजका अध्यक्ष टेकवहादुर राई ९अशोक० को अध्यक्षतामा भएको कार्यक्रमका अधिकाँस वत्ताले विविक्यु निर्माण भएपछि सताक्षीधाममा वनभोज खाने र रमाईलो गर्नेको संख्या तुलनात्मक हिसावले वृद्धि हुने वताउनु भएको थियो । सताक्षीधाम सामुदायीक वनका अध्यक्ष जगतवहादुर श्रेष्ठ९ गोपाल०ले शिवसताक्षी हङकङ समाजले निर्माण गरिदिएको संरचनाले सताक्षीधाममा अव विदेशी पर्यटकको पनि आगमन हुनसक्ने वताउनु भयो । सो कार्यक्रमको स्वागत सतासीधाम सामुदायीक वनकी कमला वस्नेतले गर्नुभएको थियो ।
यसैविच सताक्षीधाममा सताक्षीधाम हङकङ समाजले २ लाखको लागतमा सार्वजनिक चौतारा निर्माण गर्ने भएको छ । सो चौताराको शिवसताक्षी नगरका मेयर चन्द्रकुमार शेर्माले शिलान्यास गर्नुभयो । वनभोज स्थलमा आउनेलाई बस्ने सहज हुने हेतुले चौतारा निर्माण हुन लागेको शिवसताक्षी हङ्गकङ्ग समाजका अध्यक्ष राईले वताउनु भयो । कार्यक्रममा राजनितिक दलका स्थानिय तहका नेता कार्यकर्ता , नागरिक समाजका अगुवा, पत्रकार, प्रहरी र सर्वसाधरणको वाक्लो उपश्थित थियो ।