कनकाई अनलाईन
विर्तामोड , माघ २४ गते । झापाको विर्तामोडस्थि विएण्डसी हस्पिटलमा एक युवाको बस दुर्घटनामा परि पुर्णरुपमा चुडिएको खुट्टा जोडिएको छ ।
२ वर्षपहिले बसको ठक्करबाट झापा शिवसताक्षी नगरपालिका जनताका ३७ वर्षिय युवा कमलबहादुर राइको मोटरसाइकललाई यात्रुवाहक वसले ठक्कर दिदा राइको देब्रे खुट्टा पुर्णरुपमा चुडिएको थियो । ४ दिनमा होस खुलेका राइको चुडिएको खुट्टा ३ महिनासम्म उपचारगरि जोडिएको हो । उहाँलाई अस्पतालका हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डा ः निराजन पराजुलीको टिमले शल्यक्रिया गरेको थियो ।
पुर्णरुपमा खुट्टा ठिक भएपछि राइले पत्रकार सम्मेलन गरेरै अस्पतालटिमलाई धन्यावाद ज्ञापन गर्नुभएको छ । २ वर्ष पहिले दुर्घटनामा परेपनि एकसाता पहिलेमात्रै उहाँको खुट्टाबाट स्ट्रील झिकिएको हो । उहाँ हाल स्वतन्त्ररुपमा हिड्डुल गर्न र पुरानै दैनिकिमा फर्किसकेको समेत राईले बताउँनुभयो । अस्पतालमा कतिपय विरामीहरु हत खुट्टा पुरै छिनेमा छिनेका हातखुट्टा नबोकि आउने कतिपयले जोडिदैन भनेर पुरिदिने गरेको कारण पुरा जीवनभर अपाङ्ग भएर बस्नु परिरहेको डाक्टर पराजुलीले बताउँनुभयो । शरिरको हात तथा खुट्टा चुडिएको ८ घण्टासम्ममा अस्पतालमा आइपुगेको शल्यक्रिया सफल हुनसक्ने डाक्टर पराजुलीले बताउँनुभयो ।
आफुले २ वर्षको अवधिमा १३ जनाको चुडिएको हात तथा खुट्टाको शल्यक्रिया गर्दा १० जनाको सफल भएको समेत पराजुलीले बताउँनुभयो । कार्यक्रममा विएण्डसी हस्पिटलका प्रमुख दुर्गा प्रसाईले अज्ञानता र समयमै सहि हस्पिटलमा विरामी नपुग्दा जिन्दगीभर पिडित बन्नुपरिरहेको र लाखौ रुपैँया समेत क्षति हुनेगरेको वताउँनुभयो । कार्यक्रम विएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।