भीमप्रसाद अधिकारी
“चिनिस माईला, तेरी विवाहिता स्त्रीमती यिनै हुन, जो सग तैले झ्याई झ्याई पञ्चैबाजा बजाएर विवाह गरेको थिईस, ल त ठम्या त”। झण्डै नब्बे बसन्त पार गरी सकेका, सारा कपाल र आखीभुई समेत सेतै भएका उप्रेती बा ले थात्रो पुरानोे निलो साडी लगाएकी एक महिला तर्पm औल्याउदै भन्नुभयो “चिन्यौ माईली यसलाई” ?
माईलीले भनिन,“अह हेक्का रहेन त”।
उप्रेती बा ले बेलिबिस्तार लगाउन थाले “ आज भन्दा ५५ बर्ष अघाडी यहि माईलो झण्डै सात बर्ष पुग्नै लागेको थियो होला, डोलीमा चडाएर तेह«थुमको छातेढुङ्गाबाट बेहुलि घर सक्रान्तिबजार तर्पm झण्डै ५०।६० जनाको जन्ती सहित बरीयात गएको थिए । चिटिक्क सजिएका घरगाउले युवायुवतिहरुले हामीलाई तालि बजाएर स्वागत अभिबादन गरेका थिए । मलाई आज पनि आखा भरी छ भरखरै तारी उखेलेको डल्लै डल्ला भएको बारीमा ठुला ठुला खड्कुलामा जन्ती भतेर बनाईको थियो । धाति फेरेर, फब्ल्याटे दाउराको पिरामा बसेर खाना खाएको अनि लय हालेर सिलोक भनेर रातै कटाएको थिए । माईली, तिमी त्यस्तै पाच बर्षकी हुदी होै । आज ६० नाधि सक्यौ, तै पनि चिन्ने प्रयत्न गर, आखिर जे नहुनु पर्ने थियो त्यो त भई सक्यो, अब सबै पुराना कुरा बिर्स” । उप्रेती बाले यति मात्र भन्न के भ्याएका थिए, दुबै जोईपोई अगालोमा बाधिएर डाको छोडेर रुन थाले ।
उप्रेती बालाई अब भने निकै सकस नै पर्यो । लौ अब के गर्ने होला ? आफु पनि सम्हालिदै अनि गभिर हुदै उनले भने “ नरोउ यस्तो अधैर्य हुनु हुदैन, बितेका दिनहरु जे जसरी भए पनि बिति त सके । अब रोएर के हुन्छ ? अबको बाकी जिवन सुखमय बनाउन लाग । यसैमा तिमीहरु दुबैको कल्याण छ”।
रुनुको पनि त आखिर एउटा सीमा हुदो रहेछ,दुबै थाकेछन क्यारे, सुकसुकाउदै माईलीले आफ्ना पति परमेश्वरको पाउमा ढोग गरीन अनि हात जोडदै भनिन “ हे परमेश्वर, अब मलाई जिन्दगीमा कुनै सुख सुविधाको लालसा छैन । अब त उमेरले पनि डाडा काटी सक्यो । थकित हुन्छु । बिहान सबेरै त उठनै सक्तिन । होटलमा भाडा माझेर जसोतसो बुहार्तन गरेकी छु । अब त त्यो पनि गर्न नसक्ने भई सकेकी छु । सन्तोसले दुई छाक खान र एक आङ्गढाक्ने झुम्राको ब्यबस्था होस । अरु केही नि चाहिदैन ”।
“ हुन्छ माईली हुन्छ, सझ, अब तिम्रा दुखका दिन गए । खुसीसाथ बसौली खाउली, चिन्ता नगर । ”माईलाले सझाए । दुबैको चाहुरीदै गएको अनुहारमा खुसीका रेखाहरु देखिए , अनि दुबैले सतोसको सास फेरे । “माईली यहा ईश्वरको फोटो छैन ?”
“ छ प्राणनाथ ।” माईलीले फाटो तर्फ देखाईन । धेरै अघाडी देखि कागत कै पानामा रहेको पुरानो, मैलो अगरबत्तीको धुवा र धुलोले चिन्नै नसकिने आगोको झिल्काले ठाउ ठाउमा प्वाल परेको अनि कच्याक कुचुक खुम्चिएको, श्रीकृष्ण भगवानको मात्र भावना पोख्न मिल्ने असिम श्रद्धाको धरोहर । माईला जुरुक्क उठे, श्रद्धाले हातमा फुल लिए, माईलीले भाचेर राखेको वास्नै नआउने सिन्के धुपको टुक्रा सल्काईन् “ प्रभो हामीले के यस्तो अपराध गरेका थियौ र यत्रो ठुलो दण्ड दियौ, अञ्जानबश कुनै भुल गरेकै भए अब त गर प्रभो” । माईली तिर फर्केर श्रीकृष्ण भगवानको तस्विरलाई दण्डवत गर्दै माईलाले थपे “ माइृली, मबाट ठुलो अन्याय र अत्याचार भयो मलाई माफ गरी देउ ”।
यी सबै दृष्य हेर्दा हेर्दै उप्रेती बा का पनि आखा रसाई सकेका थिए । उनको पनि आत्माले ठुलो शान्तीको अनुभुती गर्यो होला । आफ्नो गलामा बेरिएको गम्चाको छेउले आखा पुछदै भने “ भो अब कुनै पिर नगर जे भयो भयो, अब जीवन पर्यन्त सगै खुशीसाथ बस्ने प्रतिज्ञा गर” बश मलाई पुग्यो”
“ हुन्छ बा, माईलाले “ अब म दार्जिलिङ्ग जान्छु, त्यहाको चाजो पाजो मिलाउछु अनि तुरुन्तै फर्केर झापाको जग्गाबाट सबै ब्यबस्था मिलाउछु”।
आज छ महिना बिति सक्यो, न माईला दार्जिलिङ्गबाट फर्के न कुनै ब्यबस्था नै मिलाए । अब त सुखका दिन आउलान भनि आशा गरेर प्रतिक्षामा बसेकी माईलीलाई होटलका भाडाले छाडेन ।
दार्जिलिङ्ग चौक बजारको तिन तले घर । शेवा निबृत एक भारतिय प्रहरी अधिकृत आफ्ना दुई छोराछोरी अनि पत्निका साथ अत्यान्तै सुख सुबिधाका साथ बस्ने गर्दथे । छोरो भरखरै ईञ्जीनियरको पढाई सिध्याएर सरकारी जागिरमा प्रवेश गरी सकेको थियो । अनि छोरी एम बि बि एसको अध्ययनमा ब्यस्त थिईन । नेपालबाट फर्के देखि नै माईला हतास मुद्रामा सदैव भावनामा डुबेको देखिन्थ्यो । कति पटक त यो एकहोरो मुद्राको टिप्पणी पनि नभएको होईन तर माईलाले त्यसै टारी दिन्थे । गुम्सीएर लामो समय सम्म बस्न सक्ने कुरै भएन । एक साझ खानपिन सके पछि माईलाले मुख खोले ।
“ धेरै बर्ष अधाडिको कुरा हो, नेपालको तेह«थुम भन्ने पहाडी जिल्लामा एक परिवार बस्दो रहेछ । तत्कालिन नेपाली चलन अनुसार आफ्ना छोराछोरीको विबाह दश बर्षको उमेर नकटाई गरीदिने चलन रहेछ । एक अबोध बालकको विवाह पाच बर्षे कन्या सग हुन गरीदिएछन् । खै के विवाह भन्नु, धुलो अनि गट्टी खेल्ने साथी भएछन् । बिचरा, ती अबोध बालबालिकाहरु बैबाहिक बन्धनको परिभाषा के नै पो बुझ्न सक्थे र” ?
बिचमै छोरीले कुरा काटिन् “ बाबा, यो कथा हो” ? “ होईन छोरी, यो यथार्थ हो ” । माईलाले गभिर मुद्रामा जवाफ फर्काए । “ यो अबोध जोडीले एक बर्ष धुलोमा गट्टी खेलेरै विताएछन् । एक दिन सक्रान्ती बजार गएको यो केटो लहै लहैकै भरमा धरान जाने एक लाहुरेको पछि लागेछ । धरान लाहुरेको घरमा केहि दिन बिताए पछि धारामा पानी लिन गएको बेला गाग्री त्यही छोडेर हिडेछ । त्यती बेला नेपालका पुर्वि पहाडका मानिसहरुको आवत जावत भारतको आसाम, मणिपुर तिर बाक्लै हुने भएकाले कसैको पछि लाग्दै लाग्दै उ आसाम पुगेछ । त्यहा गाई भैसीको थला सफा गर्ने कार्यमा अरु दश बर्ष बिताएछ । पहाडमा जन्मेको एक ह«ष्ट पुष्ट शरीर भएको केटाले भारतिय सेनामा जागिर पाएछ । लामो समय सैनिक जीवन पार गरी सके पछि सेवा निबृत्त भएर तल बागडोग्रा भन्ने ठाउमा घरजाम गरी बसेको रहेछ । उस्का सबै छोराछोरीहरु एक से एक विद्धान भई सरकारी सेवामा प्रवेश पनि पाएछन् । अत्यान्तै सुखद पारिवारीक जीवनको अनुभुति भई रहेको अबस्थामा नेपाल तिरका कुनै जानकार मानिसले “ तेरी स्त्रीमती नेपालमा जिबितै छन ” भनेर सुनाई दिएछन् । माईलाले लामो सुस्केरा हाल्यो र झ्याल बाहिर नियाल्यो । त्यो निस्पट्ट अध्यारोमा पर बाक्लै बलेका बागडोग्रा बिमान स्थलका बिजुली बत्तीले कालो रात्री बिरुद्ध जबर्जस्त धावा बोली रहेका थिए । उसले सँझ्यो ढिलो चाडो सत्यको बिजय पक्कै हुन्छ होला । अध्यारोमा एकनास नियाली रहेको माईलो झसङ्ग भयो ।
“ बाबा अनि के भयो” ? छोरीको सुरीलो आवाजले उ तर्सिन पुग्यो । गम्चाको फेरले पसिना पुछदै भन्यो “ आफ्ना सबै बिगत सबै बिर्सी सकेको ते लाउरे आफ्नै स्त्रीमती नेपालमा जिवित रहेको सुन्नासाथ एकदमै तिलमिलाउन पुग्यो । उसका प्रत्येक स्मरणमा आफ्नै सतित्व धर्मको रक्षार्थ जिवित देवीलाई तत्काल भेटने ईच्छा जागेछ अनि उ नेपाल छिरेछ ”।
“ होईन उनले अर्को विवाह गरिनछिन ?” स्त्रीमतीले जिज्ञाशा राखिन् । “ अह गरिनछन् ।” माईलाले भन्दै गए । “ घरमा विवाह गरी दिने सासु ससुरा जिवति रहुञ्जेल त उनलाई सुखै सुख भएछ । त्यसपछि उनका दुखका दिन सुरु भएछन् । जेठानी देउरानीका विचमा जतिनै गरेपनि जस पाउन छाडिछन् । खाने लगाउनेमा पनि अत्यान्तै हेलाहोचो हुन थालेछ । दिनहुको गाली र कचकच मात्र हुन थाले पछि आसुका बलिन्द्र धारा बगाउदै अनि आफ्नै कर्मलाई दोश थुपार्दै तिस बर्ष कष्टसाध्य जीवन बिताईछन् ।
आखिर सहनेको पनि त सिमा हुन्छ । मनमनै सझिन बा ले ससार छाडेर गए पनि जन्म दिने आमा त छन नि जे होला जान्छु बरु माईत । आफ्नो पेवापात, दाईजो अनि अशको जिलीगाठी सानो थोत्रो कपडाको पोको काखीमुनि च्यापेर माईत आईन अनि जन्म दिने बृद्ध आमालाई बेलिबिस्तार लगाईन् ।
“ बस न त छोरी के बिग्रेको छ र ? आखिर भैसीलाई सिङ्गको भार िहुदैन क्या र” ? आमाको प्रेमपुर्ण अभिब्यक्तीले माईतमा आश्रय त पाईन तर त्यो पनि दिगो र लामो हुन सकेन । आमाको मृत्यु पछि भाई, बुहारी, भदा, भदैको ब्यबहारमा फरक देखिन थाल्यो । फेरी आसुका धारा बग्न थाले । अब त माईतमा पनि रुदै घास दाउरा पात गर्दै पिडा युक्त जीवनका थप दुई दशक बिताईन् । आखिर जन्मघर, माईतीघर जे भनेपनि त्यो पनि आफ्नो हुन सकेन । आफ्नै फुपुकी तराईको दमक बजारमा छन भन्ने थाहा पाएकी माईलीलाई तराईले लोभ्याउन थाल्यो । आखिर तराई हो जताततै अन्न फल्छ रे , जे त होला माईलीले हिम्मत गरिन् । त्यही थोत्रो पुरानो कपडाको पोको र जिर्ण हुदै गएको शरीर लिएर उनि दमक बजार पुगिन् ।
“ओ हो दिज्यू आउनु भएछ लौ राम्रो भयो, बस्नुस” फुपुकी छोरी चम्पाले राम्रै औपचारिकता पुरा गरिन । उनको औपचारिकता भित्र ठुलो स्वार्थ लुकेको थियो । चम्पा र उनका श्रीमान आफ्ना दुई स– साना नानीहरु लिएर दमक बजारमा होटल ब्यबशाय गरेर बस्तथे । होटलमा भाँडा माझ्ने मानिसको निक्कै अभाव थियो । बच्चा स्यहार्ने र होटलको काममा सहयोगी हुने ठानी चम्पाले निक्कै आत्मियता देखाईन् । दुई चार दिन पछि बच्चाहरुको सबै जिम्मेबारी उनकै काधमा आयो । अनि बिस्तारै होटलका भाडा माझ्ने काम पनि उनैले समाल्नु पर्यो । नाना भाति बाहाना बाजी गर्दै सगै बस्न गारो भनि अलगै कोठा खोज्न लगाईन् । आखिर त्यो पनि नगरी सुखै भएन । भाडामा लिएको कोठामा सुत्ने खाने गरी होटलको जिम्मेबारी समाल्न थालिन् । दिनहुको फोहर साबुन पानीको प्रयोगले हात कुहेर घाउ नै घाउ भएको थियो । चम्पाबाट पाउने मासिक रु ५००। ले खान र कोठा भाडा बुझाउन पनि हम्मे हम्मे हुन्थ्यो । हातका घाउको औषधि किन्न सक्ने अबस्था नै थिएन् ”।
माईलाले लामो सुस्केरा हालेर रोकिए ।
“अनि के भयो त बाबा ?” छोरीले माईलाको मौनता भँग गरिन् । “ छिटो भन्नु न” ।
“के हुन्थ्यो र उसले पनि धोखा दिने नै सोच बनाएछ” । तल बागडोग्रा तर्पm देखाउदै माईलाले धारे हात लगाए ।
“ महा पापिष्ट रहेछ, त्यसको सत्यनास होस” । स्त्रीमति थप आक्रोशीत भईन् ।
त्यसपछि माईला बोल्नै छाडे । “अनि बाबा– – अनि ? अनि के भयो” ? छारीको जिज्ञाशा मेटिएको थिएन । तर माईला बोल्दै बोलृेनन् । उनको गला अबरुद्ध भयो । सबै स्तब्ध भए । माईलाको आखाबाट आसु बग्न लाग्यो । माईला भक्कानिदै जुरुक्क उठे अनि बाहिर तर्पm लागे ।
आमा छोरीले खस्याक खुसुक गरे ।
हिन्दुहरुको महान चाड दशै भित्रिसकेको थियो । गाउ शहर सबैतिर मानिसहरु नया लुगामा ठाटिएर चिटिक परेर मिठामिठा परिकार खानमा ब्यस्त थिए । विजया दशमीको साईतको टिका स्त्रीमती छोरा छोरी सबैलाई लगाई दिए । शीरमा पहेलो जमरा सिउरी दिएर सबैलाई एउटै आशिर्वाद दिए “ भाग्यमानी हुनु ”। सदा झै यसपाली माईलाको मुखमा “ आयु द्रोण सुते…” पटक्कै आएन । छोरीलाई अचम्मै लागेछ, प्रश्न पनि उठाई हाली । तर माईलाले सजिलै टारी दिए । “ बिर्सेछु छोरी ”।
विजया दशमीको टिका थाप्न माईलाका साईला भाई पनि नेपालबाट आए । भलाकुसारी सञ्चो बिसञ्चोका कुरा सकिएपछि साईलाले भने “ होईन दाई, त्यो झापाको जग्गा त्यस नकचरीलाई कुनै हालतमा पनि दिनु हुदैन ”।
” तर उनि मेरै प्रतिक्षामै बाचेकी छिन नि ”। माईलाले प्रतिबाद गरे ।
” अहँ त्यो होटल होटल चहार्ने बेईमानलाई कुनै हालतमा हुदैन ”। साईलाको कडा जवाफ थियो ।
” होईन, यी दाजुभाई भेट भएकै दिन झगडा गर्न थाले की क्या हो ?” भाउजुले भनिन् । एक छिन सन्नाटा छायो, के भन्ने ? माईला अन्यौलमा परे ।
“ भाउजु कुरा त यस्तो पो त”। देवरले सबै कथा बेलि बिस्तार सुनाए ।
सबै छाङ्गाबाट खसे । बागडोग्राको लाहुरेलाई सराप्ने सबैको दृिष्टकोण बदलियो । देवरकै स्वरमा हो मा हो मिलाउन पुगे । आखिर झापाको जग्गा देवरकै नाममा पास गरी सुरक्षित राख्ने निर्णय भयो । तत्कालमा निर्णय दिन सक्ने एक सफल प्रहरी अधिकृत भूमिका बिहिन लाचार हुन पुगे । झापाको सबै जग्गा साईला भाईका नाममा पास गरी दिए । जति गोप्य राख्न खोजे पनि वास्तविकता तरल पानी हो अनुकुलता हुनासाथ बग्न थाल्छ । एक कान दुई कान हुदै सत्य दमककी माईलीको कान सम्म आई पुग्यो । त्यही पुरानो कच्याक कुचुक भएको श्रीकृष्णको फोटो अधाडी उभिईन्, सिन्के धुप जलाईन् अनि आखा चिम्लिन “ प्रभो, मेरो जीवन सार्थक भै सक्यो, मेरा देवताको दर्शन चाहेकी थिए, मलाई हजुरको असीम कृपा बक्स भई सक्यो । असचेत र अज्ञानि आखाले देखेकी थिए, पछि सचेत आखाले सदेह मेरा आराध्य भगवानलाई देख्न पाए । बस, पुग्यो प्रभो पुग्यो, अब मलाई बाच्नु छैन । मेरा देवताको सुहाग र मेरो सतित्वको रक्षा हुदा हुदै मलाई यो पापी धरतीबाट बिदा गर प्रभो, अब मलाई बिदा गर ।
माघे सक्रान्तिको दिन, पवित्र कनकाई नदिको दुबै तटमा देश बिदेशबाट आएका लाखौ लाख तिर्थालुहरुको बाक्लो घुईचो थियो । बर्ष भरी गरेका भाकल बुझाउन अनि सुखद भावि जीवनको माग गर्नेहरु भगवतीलाई दुध धुप अर्पण गर्दै थिए । नव दाम्पत्य जीवनको शुरुवात गर्न चाहाने युगल प्रेमी प्रेमीकाहरु पवित्र मायालु आलिङ्गनमा बाधिदै कनकाई भगवतीलाई साक्षी राखेर कहिलै नछुट्टिने बाचा हाल्दै थिए । अचानक ठूलो आवाज आयो ।
“मान्छे मर्यो, मान्छे मर्यो, बचाओ, बचाओ”।
“के भयो ?” कसैले सोध्यो ।
“ एकजना बृद्ध महिला नदीको तिब्र धारमा फाल हानेर आत्माहत्या गरीन् ”। उस्ले चोर औलाले देखाउदै जवाफ दियो । सबैका आखा नदीको भेल तर्फ हानिए । भेलमा एक बृद्ध महिलाको थोत्रो निलो साडीले बेरीएको डुब्दै तैरीदै थियो ।
त्यही भिडमा सुख र बैभवशाली जीवनको कनकाई भगवती सग प्रार्थना गर्दै टपरीमा ठूलो बाती बालेर दार्जिलिङ्गे माईला माईली पनि बगाउदै थिए । दुबै माईला माईलीले समाती रहेको टपरी माईलाले छाडी दिए अनि पानीको तिब्र भेल तर्पm एकहारो हेरी रहे । उही थोत्रो निलो साडी लगाएकी दमककी माईली पानीको भेलमा डुब्दै तैरीदै बग्दै थिईन् । दार्जिलिङ्गे माईली गुनगुनाउदै प्रार्थना गर्दै थिईन् ।
“ मा – ई – ली ” तिखो र कडा स्वरले माईलाले चिच्याए । उनको आवाज कनकाई नदीको छालबाट सृजित सगित सग मिसिदै तल – अझ तल जादै थियो ।
धन्यवाद ।
मिति २०७४।१०।७कनकाई – ४, झापा
९८४२६४१५१०