Kanakai Online

प्रजापति सामुदायिक वन समुहद्धारा उपभोक्तालाई निशुल्क स्वास्थ्य शिविर


मङ्गलवार, माघ २३, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा , माघ २३ गते । स्थानीय प्रजासति सामुदायिक वन कनकाई नगरले आफ्ना उपभोक्ताहरुका लागि मंगलवार आयोजना गरेको एकदिवशीय निशुल्क स्वास्थ्य शिविरमा ३१६ जनाले स्वास्थ्य जाच गराएका छन ।

 
सामुदायिक वनको आयोजनामा पशुपति प्राविमा आफ्ना उपभोक्ताहरुलाई मुटु , छाला , नाक कान घाटी , मृगौला सुगर प्रेसर लगायातका सबै प्रकारका जाँचहरु निशुल्क गराइएको थियो । शिविरमा विराट नगरको नोवेल मेडिकल कलेजका २७ जनाको स्वास्थ्य टोलीले स्वास्थ्य जाच गराएको थियो भने सहुलियत दरमा आवश्यकीय औषधि समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा विभिन्न ल्याव तथा ऐक्सरे लगायतका जाचसमेत निशुल्क गरिएको सामुदायिक वन समुहका अध्यक्ष सुर्य थापाले बताउँनुभयो ।

 
 
 
प्रजापति सामुदायिक वन समुहका अध्यक्ष सुर्य थापाको सभापतित्वमा तथा समाजसे्वी ताराप्रसाद खनालको स्वागत तथा वन समुहकी उपाध्यक्ष मेनुका श्रेष्ठको संचालनमा सम्पन्न स्वास्थ्य शिविरको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गनुभएको थियो । कार्यक्रममा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाका अध्यक्ष तथा जिल्ला सिमसार संरक्षण समितिका अध्यक्ष ख्याम सिटौला , दहिझोडा रेपोका प्रमुख शिवराम शाह , पशुपति प्राविका प्रअ गोविन्द चौहान लगायातले वन समुहले जनजिविका सग सम्बन्धित काम गरेको भन्दै कार्यको निरन्तरताको शुभकामना दिनुभएको थियो ।