कनकाई अनलाईन
बिर्तामोड, माघ २२। झापाको बिर्तामोडस्थित पूर्वाञ्चल एकाडेमीको २१औं बार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रमको अवसर पारेर पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालाई सम्मान गरिएको छ ।
झापाको बिर्तामोडस्थित पूर्वाञ्चल एकाडेमीको २१औं बार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रमको अवसर पारेर निरौलालाई सम्मान गरिएको हो । विद्यालयको शैक्षिक उन्नयनमा सञ्चारक्षेत्रबाट योगदान पु¥याएको भन्दै निरौलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा विद्यालयले आयोजना गरेको आँखा शिविरमा प्राविधिक सहयोग गर्ने बिर्तामोड आँखा अस्पताल, विद्यालयमा ट्राफिक जनचेतना प्रदान गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सम्मान गरिएको थियो । बिर्तामोड आँखा अस्पतालको सम्मान अस्पतालका मेडिकल डाइरेक्टर डा. राजेश प्रधानले ग्रहण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षता तथा झापाका उपजिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाइस प्रिन्सिपल धु्रवकुमार गौतमले स्वागत गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल केशव ढुंगानाले विद्यालयको भावी कार्यक्रमसहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा उत्कृष्ट बर्ष शिक्षकको रुपमा इन्दिरा प्रसाईं, उत्कृष्ट बर्ष मेहेनती शिक्षकका रुपमा युनेष भट्टराई, उत्कृष्ट बर्ष अभिभावकको रुपमा अर्जुनधारा–५का मेघनाथ खतिवडा र लीलादेवी खतिवडा, बिर्तामोड–१का सन्तबहादुर चौधरी र बिमला चौधरीलाई सम्मान गरिएको थियो ।
त्यस्तै बर्ष उत्कृष्ट विद्यालयको रुपमा कक्षा ५की जुनु थापा र कक्षा ८की रेजिना सापकोटालाई एक बर्षको पूर्ण छात्रबृत्तिसहित पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा कक्षा नर्सरीदेखि ९सम्मका परीक्षामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने एसईई परीक्षामा सामेल हुने कक्षा १०का विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, ¥याम्स, फेशन शो, तङ इल मोदो शो, कविता वाचन लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा अनारमनी स्रोतकेन्द्रका स्रोत व्यक्ति केसर खवास, प्याब्सन क्षेत्र नं. २का संयोजक उत्तम खनाल, न्यूट्न्स एजुकेशन एकाडेमीका इञ्चार्ज देवेन्द्र हुमागाँई, लीलागुराँस इङ्लिस बोर्डिङ स्कूलका उदय कटुवाल, कोहेड कलेजका पुण्य रिमाल, मनकामना कलेजका राजेन्द्र प्रसाईं, प्रेमप्रसाद भट्टराई, अक्सफोड एकाडेमी एण्ड ट्रेनिङ सेन्टरका मेनेजिङ डाइरेक्टर केशव मैनाली, जितेन्द्र लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यार्थी तथा शिक्षकले गरेका थिए ।