कनकाई अनलाईन
ब्याङडाडा, २१ माघ–झापाको शिबसताक्षी नगर कार्यपालिका पदाधिकारी र सदस्यहरुलाई आइतबार ‘नगर प्रोफाइल’ सम्बन्धी एक दिने तालिम प्रदान गरिएको छ । सेन्ट्रर फर सस्टेण्डनवल डेभलोमेण्ट तथा पेस प्रोमोसन काठमाण्डौको प्राविधिक सहयोगमा नगरपालिकाको कार्यालय व्याङ्डाडामा तालिम भएको हो ।
नगर प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेलसहित नगरको ११ वटा बडाध्यक्ष र कार्यपालिका सदस्यहरुले तालिममा सहभागिता जनाएका थिए ।
तालिममा नगरक्षेत्रमा आर्थिक अवस्था, सामाजिक अवस्था, बन तथा वातबरणीय स्थिति, भौतिक विकासको अवस्था, संस्थागत तथा शुसासनको स्थिति आदी विषयगत तथ्याङ्क सङ्कलन गर्ने जानकारी गराइएको थियो । यस अभियानले नगरक्षेत्रको कुन वडामा घर परिवार (जनसंख्या), व्यवसाय, रोजगारी, जग्गा–जमिन, भौतिक संम्पति, उद्योग–कलकारखाना, बैक, सहकारी संघसंस्था, सामाजिक तथा परोपकार संस्था, कल्ब, उपाङ्गताको अवस्था, जेष्ठ नागरिक, एकल महिला, घरको बनावट र किसिम लगायतका तथ्याङक संकलन हुने नगर प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिए ।
एक वडामा ४ जना गरेर नगरमा ४४ जना तथ्याङक सङकलन गर्ने सर्वेक्षकहरु परिचालित हुने तालिममा जानकारी गराइएको थियो ।
सङकलकहरुले आ–आफ्नो वडाको अलग–अलग गाउँ–टोलमा पुगेर घर–दैलो गरेर सवै प्रकारका तथ्याङ्क सङकलन गर्ने छन् । सङकलक (सर्वेक्षक) हरुले मोवाईलमा सफ्टवेयरको प्रयोग मार्फत घर–दैलोमा पुगेर सवै लगत (तथ्याङ्क) टिपोट गर्ने र सो टिपोटलाई वाइफाई वा डाटा केवल मार्फत नगरपालिकाको कार्यालयको आइटी शाखामा स्टोर गरिने छ ।
तालिमलाई सेन्ट्रर फर सस्टेण्डनवल डेभलोमेण्ट तथा पेस प्रोमोसनका हर्कराज राईले सहजिकरण गरेका थिए । यसअघि प्रत्येक वडाबाट ४ जनाले नगरको ११ वटा वडाबाट ४४ जना सर्वेक्षकहरुलाई तालिम प्रदान गरिसकेको राईले जानकारी दिए ।