कनकाई अनलाईन
सुरुङ्गा , माघ २१ गते । पृथ्वी वचत तथा ऋण सहकारी संस्था कनकाई नगरपालिकाले आइतवार स्थानीय देवकोटा प्राथमिक विद्यालयका ९० विद्यार्थीलाई कपि , पेन्सिल स्टेशनरी सामान प्रदान गरेको छ ।
सहकारीका अध्यक्ष कुमारमणि पोखरेलले हरेक वर्ष सरकारी विद्यालयमा गएर सहकारीले विद्यार्थीहरुलाई पाठ्य सामग्री प्रदान गदै आइरहेको वताउनुभयो । वितरण कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना लगायातको उपस्थिति रहेको थियो ।