कनकाई अनलाईन
भद्रपुर, । नेकपा माओवादी केन्द्र भद्रपुर नगरका वडा कमिटीले विभिन्न वडाका वडा भेला सम्पन्न गरेको छ । वडा भेला अन्र्तगत आज वडा नम्वर ९ र ७ को वडा भेला तथा नेतृत्व चयन सम्पन्न गरिएको छ । वडानम्बर ९ को वडा भेलाले दिननाथ उप्रेतीको अध्यक्षतामा सर्वसम्मत २५ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु पौडेल, सचिव राम खरेल, सहसचिव कमला राई र कोषध्यक्ष रविन सुब्बा रहेका छन् ।
यसैगरी १४ जनालार्इृ नगर कमिटी निर्वाचन प्रतिनिधिका रपमा छनौट गरिएको जनाइएको छ । यस्तै वडा नम्बर ७ ले पुष्पलाल राजवंशीको अध्यक्षतामा १७ सदस्यीय सर्वसम्मत कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष चन्द्रमणि पौडेल, सचिव पवन गेलाल, सहसचिव अशोक गणेश र कोषाध्यक्ष बुद्धिमाया वि क लाई चयन गरिएको छ । सो भेलाले नगर कमिटी निवाृचन प्रतिनिधिका रुपमा १४ जनालाई छनौट गरिएको प्रेस सेन्टर झापाका सदस्य राजु वरालले जानकारी दिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश सञ्जेलको प्रमुख आतिथ्यमा सम्पन्न वडा भेलामा पार्टी गतिशील बनाउन कार्यकर्ता परिचालनमा जोड दिँदे सञ्जेलले सवै कार्यकर्तालाई इमान्दार भएर चल्न आग्रह समेत गरेका थिए ।