कनकाई अनलाईन
झिलझिले, शिबसतासी–८ को झिलझिलेमा रहेको झिलझिले माध्यमिक बिद्यालयको स्वर्ण बर्षको अवसरमा शनिबार साता व्यापाी खेलकुद प्रतियोगिता उद्घाटन गरिएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चन्द्रकुमार शेर्माले खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् ।
नगर प्रमुख शेर्माले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई नियन्त्रण गर्न शिक्षक, बिद्यार्थी र आमसरोकार संघसंस्था, बुद्धिजिवि, अबिभावक लगायतको सहभागिता हुन आवश्यक रहेको औल्लाए । उनले कक्षा थप गरेर समस्या सृजना गर्नुभन्दा बिद्यालयमा भौतिक पूर्वाधार लगायत कक्षा कोठामा शिक्षक–बिद्यार्थी मैत्री सामाग्रीहरु थप गर्न बिद्यालयलाई सुझाए ।
कार्यक्रममा नगर प्रमुख शेर्मालाई बिद्यालयको तर्फबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो । २०३१ सालमा कक्षा ३ मा अध्यन गरेका नगर प्रमुख शेर्मालाई बिद्यालयले पूर्वबिद्यार्थीको रुपमा कार्यक्रममा सम्मान गरिएको थियो । बिद्यालयका प्रधानध्यापक दिपक न्यौपाने र व्यवस्थापन समितिका अध्यक्ष सापकोटाले संयुक्त रुपमा सम्मान गरिएको थियो ।
सो कार्यक्रममा व्यवस्थापन समितिका पूर्बअध्यक्ष सन्तोषकुमार मेन्याङबो, पशुपती एकाडेमीका संस्थापक प्रिन्सिपल चन्द्रप्रसाद खनाल, बिद्यालयका पूर्वशिक्षक ज्ञानेन्द्र न्यौपाने, नेपाली काग्रेसका नगर सभापति पशुराम ढुङ्गना, एकिकृत नेपका माओवादी केन्द्र नगर इन्र्चाज महेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२०२७ सालमा स्थापना भएको बिद्यालयले यस अघि स्वर्ण स्तम्भ शिलन्यास कार्यक्रम सम्पन्न गरेको छ । झापा क्षेत्र नं ४ का १ नम्बर प्रदेशसभा सदस्य झलकसिहं दर्लामी र नगर उपप्रमुख भोजकुमारी नेपालले संयुक्त रुपमा सो स्तम्भको शिलन्यास गरेका थिए ।
शिक्षक अबिभावक संघका अध्यक्ष जयप्रसाद गौतमले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक कृष्णराज कटुवालले गरेका थिए । कार्यक्रममा बिद्यालयको अवस्था र स्वर्ण वर्षको बारेमा बिद्यालयका प्रअ न्यौपानेले बोलेका थिए । सो अवसरमा बिद्यालयका शिक्षिका बालकुमारी अधिकारीले गीत प्रस्तुत गरेका थिइन भने बिद्यार्थीहरुले रचनात्मक तथा सृजनात्मक प्रस्तुतिहरु गरेर मनोरञ्जन दिलाएका थिए ।
खेलकुदमा चेस, हाइजम, लमजम, छेलो, बतृत्वकल, फुटबल, भलिबल लगायतका खेलनहरु हुने छ । स्तम्भको अनाबरण र खेलकुद कार्यक्रमको समापन यहि माघ २७ गते गर्ने कार्यक्रममा जानकारी गराइयो ।