कनकाई अनलाईन
माइधार माघ ११ गते । “दुखीको घरमा मात्रै तेरो बास हुनेभए हे इश्वर दया गरि अझ मलाई दुःख दे ” साहित्यकार वालकृष्ण समको यो भनाई झापा शिवसताक्षी नगरपालिका की यी ४४ वर्षिय गोमा गौतमको जीवनमा पनि लागु भएको छ ।
गोमालाई गत माघ ३ गते कनकाई माइवेनी मेलाका दिन शिवसताक्षी १० माइधार भालुखोलामा आफ्नै घरछेउमा घाँसको भारी ल्याएर आउदै गर्दा मोटरसाइकलले ठक्कर दियो । ठक्करदिने चालकको उपचारका क्रममा मृत्यु भयो । घटनामा गम्भिर घाइते बन्नुभएकी यी गोमाको हालसम्मपनि होस खुलेको छैन् । उहाँको विर्तामोडस्थित विएण्डसी हस्पिटलको सघन उपचारकक्षमा उपचार जारी छ ।
चिकित्सकहरुको भनाइअनुसार अझै उहाँलाई एक महिनासम्म सघन उपचारकक्षमै उपचार गराउनुपर्ने हुनसक्छ । कनकाई माइको वगरमा गिटी चालेर घरका अरु थप ३ सदस्यको समेत पालनपोषण गर्दै आउनुभएकी गोमाको परिवारलाई गोमा ढलेदेखिनै गाउँलेले आलोपालो गरेर घरमा खाना लगिदिएर वचाउदै आएका छन । गोमाकी एक २८ वर्षे छोरी समेत ३ वर्ष पहिले गम्भिर सडक दुर्घटनामा परेर घाइते बन्नुभएको थियो छोरीको समेत शरिरको पुरैभाग चल्दैन । छोरीको यस्तो अवस्था आएपछि ज्वाइलेसमेत पारापाचुके गरिदिए हाल छोरी र सानो एक नातीनी पाल्नुपर्ने दायित्व समेत हाल यिनै गोमाको काधमा थियो ।
सानी नातीनी समेत अपाङ्ग रहेकी छिन । वगरमा दिनभर गिटी चाल्ने र त्यसबाट ल्याएको रकमले चामल नुन तेल किनेर दुःखले ४ जनाको परिवार गोमाले पाल्दै आउनुभएको थियो । गोमाका श्रीमानको अत्तोपत्तो छैन , १२ महिना मदिरा खाएर हिड्ने गरेका छन उनी घरमा कहिलेकाहीमात्रै आउने गरेका स्थानीयवाशी धनकुमार ढकाल वताउँनुहुन्छ । गोमा मजदुरी गरेपनि गाउँमा मेहनती तथा साहसी महिलाको रुपमा सबैले चिन्ने गरेका थिए ।
डाक्टरहरुको सल्लाहअनुसार गोमाको उपचार सम्भव छ तर उहाँलाई थप महिनादिन यसरीनै सघन कक्षमा उपचारगराउनुपर्दछ । स्थानीय युवा ढकाल भन्नुहुन्छ , उहाँलाई कोमाबाट झिक्ने वित्तिकै उहाँको निधन हुन्छ त्यसपछि वाकी परिवारको हाल के होला ? करिव १३ लाख रुपैँया भए गोमा वाच्न सक्ने डाक्टरहरुको भनाइ आएपछि हाल गाउँका अगुवा नरेश योङ्गहाङ्गको संयोजकत्वमा गोमा वचाउँ समिति गठन गरेर सहयोग संकलन थालिएको छ ।
समितिले विभिन्न दाताहरुबाट हालसम्म ५० हजार रुपैँया समेत संकलन गरिसकेको समितिका सचिव धनबहादुर ढकालले बताउँनुभयो । समितिमा स्थानीय रामबहादुर लावती , जीवन मिश्र , मैया ढकाल , सरिता थापा , देविका बास्कोटा , लगायात रहनुभएको छ । समितिका संयोजक योङ्गहाङ्ग सवैको सहयोग पाए गोमालाई वचाइछाड्ने बताउँनुभयो । उहाँको उपचारमा सहयोग गर्न चाहनेले संयोजक योङ्गहाङ्गको सम्पर्क नम्बर ९८०८२२६५५० तथा सचिव धनकुमार ढकालको ९८४४६४१४४४ मा सम्पर्क गर्न समेत समितिले आग्रह गरेको छ ।