Kanakai Online

झापा स्पोट्स अवार्ड विशाल र रुविना उत्कृष्ट वर्ष खेलाडी


बुधवार, माघ १०, २०७४ |

लीलाराज झापाली
विर्र्तामोड माघ ८ गते । राष्ट्रिय फुटवलर तथा मनाङ्गका मिडफिल्डर विशाल रार्ई र क्रिकेटकी रुविना क्षत्रीले खेलकुद पत्रकार मन्च झापा साखाले यसवर्षबाट सुरु गरेको वर्ष उत्कृष्ट खेलाडी को पुरस्कार हात पार्नु भएको छ ।
नेपाल खेलकुद पत्रकार मंच झापाले आइतवार राती विर्तामोडमा आयोजना गरेको ‘झापा स्पोर्टस अवार्ड’ नेपाली फुटवलका मिडफिल्डर विशाल र नेपाली क्रिकेटकी कप्तान क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुनुभएको हो । खेलाडीद्धयले उपाधिसंगै जनही १५ हजार पुरस्कार जितेका छन् । विशाल राईले बुद्धिचालका भुपेन्द्र निरौला र फुटवलकै अर्का खेलाडी योगेश गुरुङ्गलाई पछि पार्दै उपाधि जित्नुभएको हो ।
युवा वर्ष खेलाडीको पुरस्कार झापा ११ फुटवल क्लवका डिफेन्डर देवेन्द्र तामाङले जित्नुभएको छ । भने रमपम झापा ११ पिपुल च्वाइजतर्फ उत्कृष्ट टीमको उपाधि हात पारेको छ । देवेन्द्रले फुटवलकै पूजन उपरकोटी र mिकेटकी सवनम राईलाई उछिन्दै पुरस्कार जित्नुभएको हो ।
पूर्व क्रिकेटर तथा नेपाल पुलिस क्लवका प्रशिक्षक मनोज कटुवाल वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि जित्नुभएको छ । कटुवालले गत वर्ष आफ्नो टीमलाई चार वटा राष्ट्रिय स्तरका प्रतियोगितामा विजेता वनाउनुभएको थियो । कटुवालसंगै उत्कृष्ट प्रशिक्षकमा झापा ११ का संजय राई र करातेकी सीता राई मनोनयनमा पर्नुभएको थियो ।
उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट, एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्वाङ, एन्फा पूर्वाञ्चल संयोजक जलकुमार गुरुङ, साहरा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरी, एन्फा झापाका अध्यक्ष भगिरथ आले मामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापालगायतले जनी नदग १५ हजार पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए । नगद पुरस्कार एन्फाका केन्द्रीय सदस्य नेम्वाङले दिवंगत भाइ फुटवलर आषिश विक्रम नेम्वाङको स्मृतिमा रकम प्रदान गर्नुभएको थियो । खेलकुद पत्रकार मंच झापाले जिल्लाभरका खेलाडीहरुबाट वर्षभरी गरिएको प्रदर्शनलाई आधार मानेर यसवर्षबाट उत्त पुरस्कार प्रदान गर्न सुरु गरेको हो ।
सोही अवसरमा झापा ११ का खेलाडीद्धय योगेश गुरुङ र देवेन्द्र तामाङलाई क्रमशः निगाले सिमेन्टका संचालक होम पाण्डे र साहरा नेपालका प्रमुख कार्यकारी महेन्द्र गिरीले एक वर्षका लागि झापा ११ मा अनुवन्धनको घोषणा गर्नुभएको थियो । दुवै खेलाडीहरुलाई मासिक रुपमा २५÷२५हजार मासिक पारिश्रमिक दिने उल्लेख छ ।
सो अवसरमा प्रमुख अतिथि विष्टले खेलकुदको विकासका लागि स्पोट्स अवार्डहरु कोसे ढुंगा सावित हुने बताउनुभयो । खेलकुद पत्रकार मंच झापाका अध्यक्ष रमेश समदर्शीले आगामी दिनमा अवार्डलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रममा एन्फाका पुर्वाचल संयोजक जलकुमार गुरुङ्गले आगामी वर्षको २ उत्कृष्ट खेलाडीलाई आफ्नो तर्फबाट व्याक्तिगत २ वटा मोटरसाइकल दिने घोषणा गर्नुभएको थियो ।
तस्वीर उत्कृष्ट बन्न सफल विसाल राई , रुविना , उत्कृष्ट प्रशिक्षक मनोज कटुवाल र वर्ष उत्कृष्ट युवा खेलाडी देबेन्द्र तामाङ्ग ः लीलाराज झापाली
 

सम्बन्धित खबर