Kanakai Online

वाक्लो हुस्सुले विर्तामोडमा आज बस र टिफर जुध्दा १२ घाईते


बिहिवार, माघ ४, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , अत्याधिक गति र सडकमा वाक्लो हुस्सुको कारण आज विहान ६ ः ४५ बजे विर्तामोड नगरपालिका २ चारपाने चोकमा यात्रुबाहक बस र टिफर एकआपसमा जुध्दा १२ जना यात्रु घाइते बनेका छन ।
घाइते मध्ये विर्तामोड नगरपालिका १ निबासी ३६ बर्षिय जेफिर आलम गम्भिर घाईते बन्नुभएको छ भने बाकी ११ जना समेत सामान्य घाईते बन्नुभएको छ । अन्य घाइतेहरुमा अर्जुनधारा नगरपालिकाका ४७ वर्षिय रामसिंह घिसिङ्ग उनकी ६ बर्षिय नातीनी अन्जीता घिसिङ्ग , अर्जुनधारा नगरपालिका निवासी ३१ व्र्षिय रोषन राई , बाह्रदशी गाउँपालिका ६ कि रेणुका खतिवडा , पाचथर निम्बा गाउँपालिका १ कि ४८ वर्षिय विष्णु तामाङ्ग उनकी छोरी वर्ष २० कि विष्णु तामाङ्ग , झापा मेचीनगर १० निवासी ५९ वर्षिय पदमकुमारी अधिकारी लगायात रहनुभएको छ ।
उहाँहरु सबैको अहिले विर्तामोडस्थित विएण्डसी र विर्ता सिटी हस्पिटलमा उपचारभैरहेको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ गइरहेको मे १ ख १६४४ नम्बरको यात्रुवाहक बस र विपरित दिसाबाट जादैगरेको ना ७ ख ७१९६ नम्बरको टिफर आज विहान एकआपसमा जुधेको थियो ।

सम्बन्धित खबर