कनकाई अनलाईन समाचारदाता
विर्तामोड , माघ ३ गते । नारी सञ्चार गृह झापाले पत्रकार माया पकुवाललाई ७३ हजार ३७० रुपयाँ उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
दुवै मृगौला विग्रिएर उपचारर्त रहेकी बरुण साप्ताहिककी सम्पादक पकुवालको उपचारका लागि विभिन्न दाताहरुसँग संकलन गरेको रकम संस्थाले हस्तान्तरण गरेको हो ।
सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल, सचिव अम्बिका भण्डारीले सदस्यद्वय मेची अञ्चल अस्पताल भद्रपुरमा डायलोसिस गरिरहेकी पकुवाललाई मंगलबार उपचार कक्षमै पुगेर ७३ हजार ३७० रुपैयाँ हस्तान्तरण गरेका थिए । गृहले दुवै मृर्गौला खराब भएर उपचार गराइरहेकी पत्रकार पकुवाललाई सहयोग गर्नका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सामाजिक सञ्जाल फेसबुकबाट अपील गरेको थियो ।
सोही अनुरुप नै नेवा देय् दबु जिल्ला समितिले ११ हजार, हाल कोरियामा रहेका मेचीनगरका पत्रकार दिनेश कार्कीले १० हजार, विलिभर्स इस्र्टन चर्च भद्रपुरका फादर जगत वाग्लेले ७ हजार, काठमाडौंमा रहेकी पत्रकार निशा ओलीले ५ हजार, गोर्खा टेलरिङ सेन्टरका प्रोपाइटर विरु दर्नालले ५ हजार, अर्जुनधारा उद्यमशील महिला संघले ५ हजार र विभिन्न व्यक्ति तथा संस्थाले पत्रकार पकुवालको उपचारमा सहयोग पुर्याउने उद्देश्यले नारी सञ्चार गृहमार्फत सहयोग प्रदान गरेका थिए ।
पत्रकार पकुवालको यही माघ महिनाभित्रमा मानव अंग प्रत्यारोण केन्द्र भक्तपुरमा मृर्गौला प्रत्यारोपण गरिने उनका श्रीमान सञ्जय प्रधानले बताउनुभयो ।
उनलाई श्रीमानका दाजु सौरभ प्रधानले एउटा मृर्गाैला दान दिने हुनुभएको छ । यसैगरी मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका पत्रकार दीपक अधिकारीलाई पनि संस्थाले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सोमबार राति मोटरसाइकल दुर्घटनामा परी घाइते भएका पत्रकार अधिकारीको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ ।
अधिकारी पत्नी तथा पत्रकार सुभद्रा अधिकारी क्यान्सरकी रोगी हुन् ।
तस्वीर ः दुबै मृगौला विग्रिएर डाइलोसिस गराइरहनुभएकी पत्रकार पकुवाल