Kanakai Online

माघ ७ गते झापाली खेल पत्रकारले स्पोटर्स अवार्ड बाढ्दै 


आइतवार, पौष ३०, २०७४ |

लीलाराज झापाली
 विर्तामोड पुस ३० गते । आगामी माघ ७ गते नेपाल खेलकुद पत्रकार मन्च झापाको आयोजनामा झापाका  विभिन्न विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई झापा स्पोट्स अवार्ड दिने भएको छ ।
मन्चले विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो । उत्कृष्ट बर्ष खेलाडी पुरुष तथा महिला उत्कृष्ट प्रशिक्षक , उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट टिमलाई जनही १५ हजार नगद र ट्रफि सहित पुरस्कृत गरिने मन्चका अध्यक्ष रमेश शमदर्शी राईले बताउनुभयो । प्रदेशनम्बर १ मै प्रथमपटक गर्न लागिएको सो अवार्डका लागि विभिन्न विधाका खेलाडीहरुको सम्भावितहरुको सुचीसमेत सार्वजनिक गरिएको छ ।  जसमा वर्ष उत्कृष्ट पुरुषमा विशाल राई बी (फुटवल ) भुपेन्द्र निरौला ( बुद्धिचाल) र योगेश गुरुङ्ग ( फुटवल ) महिलातर्फ रुविना क्षेत्री –क्रिकेट) एस्तर राई ( कराते) र सुलप मगर (कराते) मनोनयनमा पर्नुभएको छ । यसैगरी उत्कृष्ट प्रशिक्षकमा संजय राई (फुटवल ) मनोज कटुवाल –क्रिकेट) र सीता राई ( कराते ) मनोनयनमा पर्नुभएको छ । यसैगरी वर्ष युवा खेलाडीका रुपमा देवेन्द्र तामाङ्ग ( फुटवल) पुजन उपरकोटी ( फुटवल) र सबनम राई ( क्रिकेट) मनोनयमा पर्नुभएको छ । यसैगरी पिपुल्स च्वाइस टिमका लागि रमपम झापा ११ फुटवल क्लव , मिलन क्रिकेट क्लव काँकडभिट्टा र विर्तामोड युनाइटेड एससी फुटवल क्लव मनोनयनमा परेको मंचका सचिव तथा प्रतिभा छनौट समितिका संयोजक पर्वत पोर्तेलले जानकारी दिनुभयो ।
छनौट चरणमा परेका खेलाडीहरुमध्ये उनीहरुले हासिल गरेको उपलब्धी तथा पब्लिक भोटिङ्गका आधारमा सवै विधामा उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिने वताइएको छ । यसैविच अखिल नेपाल फुटवल संघ (एन्फा ) का पुर्वाचल संयोजक जलकुमार गुरुङ्गले आगामी वर्षमा उत्कृष्ट महिला र पुरुष खेलाडीलाई आफ्नो तर्फबाट जनही एक एकवटा मोटरसाईकल दिने घोषणा गर्नुभयो ।
करिव ९ लाख खर्च लाग्ने कार्यक्रममा सहारा नेपाल विर्तामोडले एकलाख रुपैँया सहयोग गर्ने र बाकी रकम झापाका खेलप्रेमी र नगरपालिकाबाट संकलन गरिने मंन्चका कोषाध्यक्ष बुद्ध तामाङ्गले बताउनुभयो । सोहि कार्यक्रममा जिल्ला फुटवल संघ झापाका  नवनिर्वाचित अध्यक्ष भगिरथ आले मामा लगायातले खेल पत्रकार मन्चको प्रतिभा पुरस्कृतको अभियानले देशको खेलक्षेत्रमा योगदान पुग्ने वताउनुभयो ।

सम्बन्धित खबर