Kanakai Online

जिल्ला फुटवल संघमा भगिरथ आले मामा


आइतवार, पौष ३०, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , पुस ३० गते । झापा जिल्ला फुटवल संघको अध्यक्षमा बरिष्ठ फुटवल प्रशिक्षक भगीरथ आले मामा सर्वसम्मत चयन हुनुभएको छ ।
शनिवार धुलावारीमा भएको साधरणसभाबाट झापा ११ का पुर्व प्रशिक्षक समेत रहनुभएका मामा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । उहाँ दोस्रो पटक अध्यक्षमा चयन हुनुभएको हो । मामा झापा जिल्ला फुटवल संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । जुन २०५२ सालमा गठन भएको थियो । मामा हाल संघको वरिष्ठ उपाध्यक्ष रहदै आउनुभएको थियो ।
यसैगरी संघको महासचिवमा शेरबहादुर बस्नेत र कोषाध्यक्षमा नरेन्द्रमणि लिम्बुलाई मनोनयन गरेको छ । यसैगरी सदस्यहरुमा जलकुमार गुरुङ्ग , पंकजविक्रम नेम्बाङ्ग , कर्णबहादुर थापा, प्रदिप राई , अमिरकुमार श्रेष्ठ , टिकाराम प्रसाई , पुर्णमाया लिम्बु, केदार चौधरी र बुद्धराज लिम्बुलाई सदस्यम ाचयन गरेको छ ।
कार्यक्रममा झापा गोल्डकपका संयोजक महेन्द्र गिरी , पुर्व राष्ट्रिय खेलाडी हरि खड्का लगायातले आपसी मनमुटाव छाडेर जिल्लाको फुटवल विकासमा लाग्न आग्रह गर्नुभएको थियो । स्मरणीय छ , झापा जिल्लाको फुटवल विवादले गतवर्ष सम्पन्न एन्फाको निर्वाचनमा झापाबाट मत हाल्नबाट बन्चित भएको थियो । अधिवेशन जिल्ला फुटवल संघका अध्यक्ष जलकुमार गुरुङ्गको सभापतित्व तथा उद्योगपति तथा खेलप्रेमी होम पाण्डेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर