कनकाई अनलाईन ।
विर्तामोड , पुस ३० गते । पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा माओवादीका नेत गिरीराजमणि पोखरेलले निर्वाचन आयोगले स्वतन्त्र रुपले भुमिका नखेलिदिदा सरकार गठनमा ढिलाई हुनपुगेको वताउँनुभएको छ ।
झापाको विर्तामोड स्थित विएण्डसी हस्पिटलमा आइतवार वेलुकी आयोजित पत्रकार सम्मेलनमा वोल्दै सांसद समेत रहनुभएका नेता पोखरेलले बामपन्थीहरुको बहुमत आइसकेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सजिल्लै सत्ता छाड्ने आफुहरुको अनुमान अहिले आएर फेल खाएको वताउँनुभएको छ । नेपाली कांग्रेस र सरकारमा सहभागिहरुले अनेकन प्रक्रियाको कुरा निकाल्नुभयो ।
आयोगलेपनि सोहि प्रक्रियामा साथ दियो जसले हामीले निर्वाचन जितेको यतिको समय भइसक्दापनि सपथ खान पाएनौ पुर्वमन्त्री पोखरेलले भन्नुभयो । जतिसुक्कै ढिलाई भएपनि अव फागुन १० दोस्रो हप्तासम्ममा नयाँसरकार बनिछाड्ने समेत पोखरेलले बताउँनुभयो । उहाँले केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ बामको सरकार बन्ने समेत वताउँनुभयो अहिलेपनि माओवादी पार्टीका अध्यक्ष प्रचण्डलाई पुरा ५ वर्ष सरकार चलाउन दिने र माओवादी वाहेक फोरमसग मिलेर एमालेले सरकार चलाउने दुवैखाले हल्ला बजारमा आएको भन्दै यो सव बाम गठबन्धन टुटाउन खोज्ने चालबाजी मात्रै भएको भन्दै यो कदम जनमत विपरित हुने समेत वताउँनुभयो । जनताले स्थायी बामको सरकारका लागि मत हालेका हुन ।
प्रगतिशिल एजेण्डालाई मन पराएर मत हालेका हुन । यसको खिलापमा जानुभनेको नैतिक तथा जनमतकै विरुद्धमा जानु हो जुन सम्भव नभएको समेत उहाँले बताउँनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली सोमवार उपचारबाट फर्किए लग्गत्तै पार्टी एकताको प्रक्रियाले तीव्रता पाउने र दुवै कम्युनिष्ट पार्टी एकभएर जाने समेत उहाँले बताउनुभयो । उहाँले झापाको विएण्डसी हस्पिटल जस्ता प्रक्रिया पुर्याएका अस्पतालहरुलाई पहुचका आधारमा नभइ गुणस्तरका आधारमा शिक्षण अस्पतालको अनुमति दिन सकिने भन्दै डा ः गोविन्द केसीका कतिपय जायज मागहरु पुरा गर्न सरकार तयार हुनुपर्ने बताउँनुभयो ।
केसी र शिक्षणको प्रक्रियामा रहेका अस्पताल संचालकहरु एकअर्काविच जुहारी खेल्न आवश्यक नरहेको भन्दै दुवैको ठाउँमा आआफ्ना तर्क सहि रहेको समेत पोखरेलले बताउँनुभयो । मेडिकल शिक्षामा भित्रिएका विकृति हटाउनु पर्छ आवश्यक प्रक्रिया पुगेका अस्पताललाई अनुमति दिनुपनि पर्छ नेता पोखरेलले भन्नुभयो ।